Comments Add Comment

रणवीरसँग छुटेपछि तनाबमा कट्रिना

ranbir_katrina

मुम्बई । रणवीर कपुरसँग ब्रेकअपपछि कट्रिना  कैफ तनाबमा छिन् । छोरी तनाबमा भएको थाह पाएपछि चिन्तित कट्रिना की आमा सुजैन टरक्योटको प्रयास पनि सार्थक हुन सकेन ।

सुजैनले रणबीरसँग कुरा गर्न प्रयास गरे पनि सफल हुन सकिनन् । सुजैनले रणबीरलाई चार पटक फोन गरिन् तर, रणबीरले फोन उठाएनन् ।

स्पटब्बाईडटकमले उल्लेख गरे अनुसार रणवीरले फोन नउठाएपछि सुजैनले रणवीरको घरमा फोन गरेर आमा नितु कपुरसँग कुरा गरेकी थिइन् । नितुले सुजैनसँग सहज रुपमा कुरा गर्दै कट्रिना  र रणवीर विचको दुरी कम गराउन पहल गर्ने आश्वासन समेत दिइन् ।

साथै उनले अहिलेसम्म आफुहरु रणवीरको इच्छाविपरित नगएको भन्दै अन्तिम निर्णय रणवीरकै हुने बताइन् । यो वर्षको सुरुमै रणवीर कट्रिना को सम्बन्धमा चिसोपना आएको समाचार सार्वजनिक भएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment