Comments Add Comment

तनहुँमा २९ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्ध खोप दिइने

poliyo-khop२४ माघ, तनहुँ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा जिल्लाका २८ हजार ९०८ बालबालिकालाई खोप दिइने भएको छ ।

त्यसैगरी ३४ हजार ७१९ जना बालबालिकालाई पोलियो थोपासमेत खुवाइने लक्ष्य राखिएको सो कार्यालयले जनाएको छ ।

उक्त कार्यालयले शनिबार दमौलीमा आयोजित पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । उक्त दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागार्इंले बताए ।

दादुरा–रुबेलाको खोप नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई दिने गरिन्छ । यो अभियानसँगै सरकारले जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा पनि खुवाउने भएको छ ।

उक्त अभियान सुदूरपश्चिमाञ्चल, मध्यमश्चिमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रका तराई र पहाडी जिल्लामा सञ्चालन हुन लागेको हो जनस्वास्थ्य अधिकृत चापागार्इंले भन्नुभयो पहिलो चरणमा भूकम्प अतिप्रभावित १४ जिल्लामा यो खोप अभियान सञ्चालन भइसकेको छ ।

यस वर्षमात्रै दादुराका कारण कपिलवस्तुमा छ तथा बाँके, सल्यान र बर्दियामा एक÷एकजना गरी नौजना बालबालिकाको मृत्यु भएको थियो ।

हरेक चार वर्षमा सञ्चालन हुँदै आएको दादुरा–रुबेला खोप अभियान यस पटक चार चरणमा सञ्चालन हुँदैछ ।

विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एसियामा सन् २०२० भित्रमा दादुरा–रुबेला रोगको नियन्त्रण गर्ने लक्ष्य राखे पनि नेपालले भने २०१९ भित्रै यो लक्ष्य हासिल गर्ने उद्देश्य राखेको स्वास्थ्य मन्त्रालय बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

विश्वमा दादुरा–रुबेला रोगका कारण बर्सेनि करिब एक लाख १४ हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ । तनहुँमा यो अभियान दुई चरणमा सम्पन्न हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो चरणअन्तर्गत माघ २४ देखि फागुन ५ गतेसम्म र दोस्रो चरणको फागुन ९ देखि १७ गतेसम्म अभियान जारी रहने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागार्इंले बताए । उक्त अभियान सञ्चालनका लागि सबै नपा र गाविसका प्रत्येक वडाका ४६२ वटा खोपकेन्द्र तोकिएको छ ।

सबै खोपकेन्द्रमा एक एकजना महिला स्वास्थ्य स्वयम्सेविका र पुरुष स्वयम्सेवक परिचालन गरिने र प्रत्येक वडामा खोप लगाउनका लागि एकजना दक्ष चिकित्सकको व्यवस्था गरिएको जनस्वास्थ्य अधिकृत चापागार्इंले जानकारी दिए। पोलियो थोपा भने महिला स्वास्थ्य स्वयम्सेविकाले नै खुवाउने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment