Comments Add Comment

दुध र कसरतले बढ्छ बच्चामा भिटामिन डी को स्तर

Drinking-Milkभिटामिन डी युक्त खानेकुराका साथै दुधको पर्याप्त मात्रा तथा व्यायाम लगायतका शारीरिक गतिविधिहरुले बालबालिकामा भिटामिन डी को मात्रा बढ्ने एक अध्ययनले देखाएको छ ।

फिनल्याण्डको युनिभर्सिटी अफ इस्टर्न फिनल्याण्डका वैज्ञानिकहरुले गरेको पछिल्लो अनुसन्धानले यस्तो देखाएको हो ।
शोधकर्ताहरुका अनुसार हड्डीको मजबुतीका लागि भिटामिन डी को स्तर उच्च हुनु आवश्यक हुन्छ । साथै भिटामिन डी को पर्याप्त मात्रा सरीरमा आपूर्ति हुनाले विभिन्न खाले रोगको जोखिम पनि कम गर्छ ।

साथै अध्ययन कर्ताहरुले गर्मीयाममा बालबालिकाको रगतमा भिटामिन डी को स्तर उच्च हुने र जाडो याममा कम हुने गरेकेा समेत पाएका छन् । जाडोमा घामको मात्रा कम हुने भएकाले यस्तो भएको हो ।

शोधमा सामेल गरिएका मध्ये ८० प्रतिशत बालबालिकामा भिटामिन डी को स्तर कम पाइएको थियो । विज्ञहरुका अनुसार बालबालिकामा भिटामिन डी को स्तर बढाउनका लागि दिनहुँ अढाइ तिन गिलास दुध खुवाउन पनि सल्लाह दिएका छन् ।

त्यसका साथै हप्तामा दुइ तिन पटक माछा तथा वनस्पती तेलको भोजन गर्नुपर्छ । यो पनि भिटामिन डी को राम्रो श्रोत हो । यसका साथै बालबालिकालाई शारीरिक गतिविधि, खेलकुद तथा व्यायाममा पनि संलग्न गराउनु आवश्यक हुने बताइएको छ । यस सम्बन्धी शोध बि्रटिस जर्नल अफ न्युटि्रसनमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment