Comments Add Comment

‘लालजोडी’मा नक्कली बाबुरामसँग रजनीको रोमान्स

rajani-kc-and-jyoti-kafle
संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा चलचित्र ‘लालजोडी’को छायांकन सुरु भएको छ । शनिबारदेखि सुरु भएको छायांकन एक महिना चल्नेछ ।

निर्देशक सुवेदीका अनुसार यसपटक हाँस्य कलाकारहरुको बाहुल्यता चलचित्रमा रहनेछ । चलचित्रमा हाँस्य कलाकार ज्योती काफ्ले, रजनी केसी, आयुष्मा कार्की, पुरना थापा, वुद्धी तामाङ, गोविन्द कोइराला, सीपी पौडेल, किशोर भन्डारी, शिव शंकर जोगिन्दर, यादव पुडासैनी, मधुसुदन पाठकको मुख्य भूमिका रहनेछ ।

ज्योती चर्चित हाँस्य सिरियल ‘मेरी बास्सै’मा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइको क्यारिकेचर गरेर चर्चामा थिए । स्टेज कार्यक्रममा पनि ज्योतीले बाबुरामको डुब्लिकेट भएर दर्शक हसाँउदै आएका छन् । चलचित्रमा नायक निखिल उप्रेतीले मुख्य भूमिका निर्वाहा गर्ने चर्चा चलेको थियो ।

चलचित्रको ‘माँ कसम’ बोलको गीत रेकडिङको समयमा नै चर्चामा पुगेको थियो । नायिका रेखा थापा र गायक प्रल्हाद तिमिल्सिनाले गीतमा आवाज भरेका छन् ।

चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अष्ट महर्जनको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । पूर्णतया कमेडी बिषयमा यो चलचित्र निर्माण हुन लागेको निर्देशक सुवेदी जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment