Comments Add Comment

वीरगञ्ज नाका त खुल्यो, ग्यास र पेट्रोल कहिले पाइन्छ ?

Birgung-Naka 1२४ माघ, काठमाडौं । वीरगञ्ज नाका खुलेपछि फटाफट तेल र ग्यास भित्रिएर देश भित्रको अभाव अन्त्य हुुने आशा धेरै नेपालीमा छ । तर, अभाव साम्य हुने गरी तेल र ग्यास भित्रने विषय आफूमा मात्रै निर्भर नभएको नेपाल आयल निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरशन -आइओसी) ले रक्सौल डिपोबाट शनिबार पेट्रोल र डिजेल नदिएपछि आयल निगमका अधिकारी आइओसीले नेपालले मागे जति परिमाणमा तेल  र ग्यासको लानेडिङ गर्नेमा विश्वस्त देखिएका छैनन् ।

भारतमा आज आइतबार सार्वजनिक विदा भएकाले सोमबार आइओसीले दिने लोडिङका आधारमा मात्रै कसरी, कति परिमाणमा तेल र ग्यास भित्र्याउन सकिन्छ भन्ने निश्कर्ष निकाल्ने आयल निगमका निमत्त कार्यकारी निर्देशक सुशील भट्टराईले अनलाइनखबरसँग बताए ।

‘हामी प्रक्रिया पूरा गरेर चाहिने जति परिमाणमा तेल र ग्यास माग्छौं । तर, कति दिने र कसरी दिने भन्ने सबै उनीहको हातमा छ’ भट्टराईले भने-‘अविश्वास गरिहाल्न पनि हुन्न । तेल किन्ने विषय प्राविधिक पनि भएकाले सोमबारसम्मको स्थिति हेरेरमा मात्रै विश्लेषण गर्न सकिन्छ ।’

आयल निगमले नाकाबन्दीका बेला वीरगञ्ज रुटमा चल्ने तेल ट्यांकर र ग्यास बुलेटको ‘इन्ट्री पोइन्ट’ अन्यत्रै सारेकाले आइतबार त्यसलाई स्थगित गरेको पत्र आइओसीलाई पठाउन लागेको प्रवक्ता मुकुन्द घिमिरेले बताए ।

सोमबार आइओसीले त्यसको जवाफ दिएपछि रक्सौल पुगेका ट्यांकरमा वीरगञ्जबाटै भित्रिने गरी तेल लोड सुरु हुने निगमको विश्वास छ ।

‘पहिले पनि हामी रक्सौल डिपोमै बढी निर्भर थियौं । अब पनि यो अभाव हटाउन त्यसमै बढी केन्दि्रत हुनुपर्नेछ’ घिमिरेले भने ‘अब तेल आयात बढाउने योजना बनिसकेको छ । परिस्थिति अनुकूल भएमा अभावलाई कम गर्दै लैजान सकिन्छ ।’

आयल निगमका अनुसार अहिले मागको ३५ प्रतिशत मात्रै ग्यास र तेल आयात भइरहेको छ । यो इन्धनको लागि सुख्खा याम जस्तै भएकाले समान्य भन्दा अब माग उच्च हुने प्रवक्ता घिमिरेले बताए ।

केहीदिन अघि भारतीय पेट्रोलियम मन्त्रीले नेपालको माग अनुसार तेल तथा ग्यास दिन तयार रहेको अभिव्यक्ति दिएका थिए ।

आइओसीका अधिकारीले पनि वीरगञ्ज नाका खुलेपछि रक्सौल डिपोबाट पेट्रोल र डिजेल दिने आश्वासन दिएकाले नेपाली अधिकारीहरु आशावादी पनि छन् ।

‘अब नाका खुलेकाले पहिलेकै जसरी तेल र ग्यासको लोड समान्य भन्दा बढाएर दिन हामी औपचारिक आग्रह गर्नेछौं’ प्रवक्ता घिमिरेले भने ।

आयल निगमले जनवरी महिनामा ३५ हजार मेटि्रक टन ग्यास लोड दिन आइओसीसाग माग गरेको थियो ।

तर, नेपाललाई कोटा तोकिएको २९ हजार मेटि्रक टन ग्यास पनि भारतले दिएको छैन् । भारतले अहिले महिनमा मुस्किलले १० हजार मेटि्रकटन ग्यास दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment