Comments Add Comment

नेहाको हत्यापछि केकीले लेखिन्ः एक्लै हिँड्न डर लाग्न थाल्यो

keki-adhikari

काठमाडौं । पोखरेली नायिका योरुना मगर (नेहा) को अर्धनग्न अवस्थामा शब फेला परेपछि फेरि एक पटक महिला हिंसाको बहस सतहमा आएको छ । यो बहसमा मिसिएकी छिन् नायिका केकी अधिकारी ।

गाउला, युँपा लगायतका जनजाति फिल्ममा अभिनय गरेकी नेहाको बलत्कारपछि हत्या गरिएको आशंका छ । आफ्नै घरदेखि चारसय मिटर पर उनको शब भेटिएको थियो ।

कलिउडका कलाकर्मीहरुले घटनाको अनुसन्धान गर्दै दोषीलाई कार्वाही गर्नुपर्ने माग राखेका छन् । यसै सन्दर्भमा अभिनेत्री केकीले भावुक अभिब्यक्ति फेसबुकमा पोस्ट गर्दै भनेकी छिन्, ‘बहिनी नेहा, मलाई माफ गर ।’

नेपाली समाजमा महिलाले पुरुषबाट मान्नुपर्ने डर र आमाले छोरीका वारेमा लिने चिन्ता कस्तो हुन्छ भनेर केकीले शब्द मार्फत ब्यक्त गरेकी छिन् । उनको स्ट्याटस यस्तो छः

‘यो पोस्ट लेखिरहदा म आफुलाई एकदम लाचार अनि बिवश महुशुस गरिरहेकी छु । हरेक दिनजसो हामीले भोग्नुपरेका यस्ता घटनाले मलाई बिचलित बनाउँछ । एक्लै कतै हिँड्न डर लाग्छ मलाई । पुरुषका हुल कतै देख्दा अर्कै बाटो खोज्न थाल्छु म । साँझ पर्ने बित्तिकै घर पुगिनँ भने आमा आत्तिन थाल्नुहुन्छ । बेलुका हिँड्न ठिक हुन्न भन्नुहुन्छ ।

keki-adhikari

बिचरा आमा न हो, छोरीको माया भैहाल्छ । कसैकी छोरीको बलात्कार अझ सामुहिक अनि अझ त्यसमाथी हिस्रक हत्याको समाचार छापिन्छ । कुन आमाको मन बिछिप्त नहोला र ।

तर, म प्रश्न गर्न हिच्किचाउँदिन आमासँग । आमा ! मैले किन डराउनुपर्ने ? मैले कसैको केही बिगारेको छैन । आमा भन्नुहुन्छ, तिमी छोरी मान्छे हौं तिमीले सधैं डराउनु पर्छ । यहाँ समाज परिवर्तन होला, सोच परिवर्तन होला भनेर म मेरो छोरीको रिस्क उठाउन सक्दिनँ, भन्नुहुन्छ ।

हुन पनि जति कराए पनि, जति रोए पनि, जति नै बिन्ती गरे पनि त्यो राक्षसीपन अनि त्यो बर्बरता आखिर देखाइहाल्दा रैछन् । म थाकेर चुपचाप आमाको कुरा मानेर घर आउन बाहेक केही गर्न सक्दिनँ । मलाई माफ गरिदेउ बहिनी नेहा पुन । तिमीमाथी भएको घटना यहाँ जति नै कराए पनि फेरि भइ नै रहनेछन् । जति चिच्याए पनि आवाज दबिनै रहनेछन् । मलाई माफ गर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment