Comments Add Comment

भाडा घटाउन माग गर्दै अखिल क्रान्तिकारीद्वारा देशभर प्रदर्शन

AKhil-Krantikari२४ माघ, काठमाडौं । सार्बजनिक सवारी साधनको भाडा समायोजन गर्न माग गर्दै तीन माओवादी पार्टीका विद्यार्थी संगठनहरुले संयुक्तरुपमा काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन र कोणसभा गरेका छन् ।

एकीकृत नेकपा माओवादी, वैद्य माओवादी र विप्लव माओवादी सम्बद्ध अखिल क्रान्तिकारीहरुले काठमाडौं उपत्यकाका प्रमुख क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

ललितपुरको पुल्चोक क्याम्पस अगाडि भएको कार्यक्रमलाई मदन अर्यालले, सानोठिमी क्याम्पस भक्तपुरमा भएको कार्यक्रमलाई सुरेन्द्र बस्नेतले, मिनभवन क्याम्पसमा रञ्जित तामाङले, आरआर क्याम्पसमा अनिल शर्माले, अस्कल क्याम्पसमा रामचन्द्र अधिकारीले र पशुपति क्याम्पसमा भएको कोणसभालाई रुद्र विष्टलगायतले सम्वोधन गरेका थिए ।

Ranjit-Tamangकार्यक्रमलाई सम्वोधन गर्दै क्रान्तिकारीका नेताहरुले इन्धनको मूल्य घटे पनि सरकारले भाडा समायोजन नगरेको भन्दै आक्रोश पोखे ।

उनीहरुले तत्काल भाडा समायोजन गर्न, सार्बजनिक सवारी साधनमा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट दिने विगतको सहमति कार्यान्वयन गर्न र इन्धनको सहज आपूर्तिको व्यवस्था गर्न माग गरेका थिए ।

अखिल क्रान्तिकारीका प्रवक्तासमेत रहेका सुरेन्द्र बस्नेतले सरकारले कालोबजारी गर्नेहरुलाई कारवाही नगरे क्रान्तिकारी आफैले कारवाही गर्न बाध्य हुने चेतावनी दिए ।

यसैगरी अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले सरकारले नै कालोबजारीलाई प्रश्रय दिएको भन्दै माग सम्वोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment