Comments Add Comment

बादलमाथिको मन्दिर मुक्तिनाथ (फोटो फिचर)

D6.79 Muktinath Temple_
मुस्ताङको मुक्तिनाथ मन्दिर (उचार्इ ३८०० मिटर) ।

महेन्द्र भुसाल
२४ माघ, काठमाडौं । हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो, मुक्तिनाथ मन्दिर । हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथमा वर्षेनी लाखौं स्वदेशी तथा विदेशीहरु पर्यटक पुग्ने गर्छन् ।

यो मन्दिर ३८ सय मिटर उचाईमा छ । उचाईमा रहेको हुँदा यसलाई बादल माथिको मन्दिर पनि भन्ने गरिन्छ । सुन्दर प्राकृतिक दृश्वालोकन गर्दै मुक्तिनाथ पुग्दा छुट्टै विश्वमा पुगेको अभाष हुन्छ ।

मुक्तिनाथ विश्वकै प्रशिद्ध पदमार्ग ‘अन्नपूर्ण सक्रिट’मा पर्छ । त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । पोखराबाट हिँडेको ७ देखि १० दिनमा मुक्तिनाथ पुगेर फर्किन सकिन्छ ।

D6.74 Muktinath village_
मुक्तिनाथ गाउँको बिचमा रहेको गुम्वा ।

खासगरी मुक्तिनाथ ट्रेकिङ म्याग्दीको तातोपानीबाट सुरु हुन्छ । हामी काठमाडौंबाट सार्वजनिक बस वा आफ्नै गाडीमा पोखरा, बेनी हुँदै तातो पानीसम्म पुग्न सकिन्छ । धार्मिक हिसावले मुक्तिनाथ जानेहरु तातोपानीमा नुहाएर जाँदा उत्तम मानिन्छ ।

तातो पानीमा नुहाउन धेरै नेपाली तथा विदेशीहरु पुग्ने गर्छन् । यहाँको तातो पानीमा नुहाउँदा छाला, वाथ र ग्याष्ट्रिक निको हुने विश्वास गरिन्छ । धार्मिक हिसावले समेत यो प्रशिद्ध मानिन्छ ।

Myagdi tatopani
मुक्तिनाथ ट्रेकिङको प्रवेशद्वार मानिने म्याग्दीको तातोपानी कुण्ड । जहाँ स्वदेशी तथा विदेशी पर्यटकको नुहाउन घुइँचो लाग्ने गर्छ ।

पहिलो दिन तातो पानी पुगेर बास बस्न सकिन्छ । भोलि विहान उठेर तातो पानीमा नुहाएर घाँसा बास बस्न पुगिन्छ । घाँसा तातोपानीबाट ४/५ घण्टाको यात्रा हो । हामीले घाँसामा रात विताउनुपर्छ ।

D5.9 Ghasa village, on the way to Jomsom_
तातोपानीबाट जोमसोम जाँदै गर्दा बाटोमा पर्ने घाँसा गाउँ ।

तेस्रो दिन घाँसाबाट ६/७ घण्टा हिँडेर मार्फा गाउँ पुगिन्छ । यो अत्यन्तै सुन्दर गाउँ हो, जहाँ लोडसेडिङ पनि हुँदैन । यहाँ लोकल हाइड्रो पावरबाट विद्युत उत्पादन गरिएको छ । मार्फा नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने ठाउँ पनि हो ।

मार्फामा खान बस्नका लागि कुनै समस्या छैन । यहाँ खान बस्नका लागि सामान्य होटलदेखि स्तरीय लजहरु समेत रहेका छन् । यहाँका होटलमा अट्याच बाथरुम सहित तातो-चिसो पानी समेत पाइन्छ ।

D6.12 Marpha village_
मुस्ताङको मार्फा गाउँ ।

चौथो दिन विहान हामी मार्फाबाट हिँडेर बास बस्न कागवेनी पुगिन्छ । कागवेनी धार्मिक रुपमा महत्वपूर्ण ठाउँ हो । यहाँ दशैं अगाडि सुरु हुने सोह्र श्राद्ध गर्न जानेहरु धेरै हुन्छन् । कालिगण्डकी किनारमा रहेको कागवेनीमा स्वदेशी विदेशी पर्यटक मज्जाले रमाउन सक्छन् ।

D6.55 Kagbeni village at the bank of Kaligandaki River_
कालिगण्डकीको किनारमा रहेको कागवेनी । यो ठाउँ पितृको श्राद्वका लागि प्रशिद्ध मानिन्छ ।

पाँचौं दिन कागवेनीबाट मुक्तिनाथ मन्दिरमा पुग्न सकिन्छ । यो ५/६ घण्टाको बाटो हो । यहाँ पुग्दा छुट्टै विश्वमा पुगेको अनुभूति हुन्छ । मुक्तिनाथ अन्नपूर्ण सर्किटमा पर्छ । अन्नपूर्ण सक्रिटमा थोरङ्ला क्रस गरेपछि बस्ने ठाउँ भनेको मुक्तिनाथ मन्दिरमा हो ।

D6.81 Muktinath Natura tap_
मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धाराहरू । यहाँ नुहाएमा पुण्य कमाइने विश्वास गरिन्छ ।

यहाँ खान बस्नका लागि राम्रो सुविधा रहेको छ । तातो-चिसो पानीसहित अट्याच बाथरुम भएका लजहरु मुक्तिनाथमा रहेका छन् । मुक्तिनाथ मन्दिर चार धाममध्ये एकमा पर्छ । हिन्दू र वौद्ध धर्मको उत्कृष्ट सहिष्णुता भएको मुक्तिनाथ विश्वमै प्रशिद्ध मानिन्छ ।

छैठौं दिन हामी मुक्तिनाथबाट जोमसोम फर्किन सकिन्छ । यहाँ हामी रात विताउन पनि सकिन्छ । त्यही दिन नै जोमसोमबाट जहाज वा बसमार्फत पोखरा फर्किन पनि सकिन्छ । जोमसोम आफैमा निकै सुन्दर ठाउँ हो । जोमसोमबाट निलगिरी र धौलागिरी हिमाल मज्जाले अवलोकन गर्न पाइन्छ ।

D6.36 Mustang Town, Jomsom_
मुस्ताङको सदरमुकाम जोमसोम बजार ।

विश्वकै गहिरो खोँच कालीगण्डकीको किनारै किनार घाँसा, मार्फा कागवेनी हुँदै मुक्तिनाथ पुगिन्छ । यात्राको क्रममा हिमाली दृश्यहरु, सुन्दर गाउँहरु, रुख र घाँस नभएका पहाडहरु देख्दा मनै फुरुङ्ग हुन्छ ।

अन्नपूर्ण र धौलागिरीको बिचमा पर्ने विश्वकै गहिरो खोँचबाट हाम्रो यात्रा जारी रहन्छ । तातोपानीबाट घाँसा जाँदा बाटोमा रुप्से झरना देखा पर्छ । त्यो झरना निकै सुन्दर देखिन्छ । रुप्से झरना कालिगण्डकीमा मिसिएको ठाउँ विश्वकै गहिरो खोँचमध्येमा पर्छ ।

Mt Nilgiri, Kaligandaki river & Tatopani Market on the corner_
अन्नपूर्ण र धाैलागिरीको विचमा पर्ने विश्वकै गहिरो कालिगण्डकी खोँच । यही बाटो भएर मुक्तिनाथ गइन्छ ।

हामीसँग लामो समय भएमा यात्रा लम्बाउन सकिन्छ । पोखराबाट घोरेपानी हुँदै तातोपानी मार्फा भएर पनि मुक्तिनाथ पुग्न सकिन्छ । यो यात्राका लागि हामी पोखराबाट कास्कीको बिरेठाँटीसम्म गाडीमा जान सकिन्छ । सोही दिन त्यहाँबाट ट्रेकिङ सुरु गरेर उल्लेरी बास बस्न पुगिन्छ ।

दोस्रो दिन उल्लेरीबाट म्याग्दीको घोरेपानी गएर बास बस्न सकिन्छ । तेस्रो दिन विहान पुनहिल डाँडामा पुगी हिमाली दृश्यावलोकन गरी पुनः घोरेपानीमा आएर खान खानुपर्छ ।

D4.43 Poon Hill view Point_
म्याग्दीको पुनहिल भ्यू प्वाइन्ट । यहाँबाट निलगिरी, धाैलागिरी र अन्नपूर्ण हिमश्रृङ्खला देख्न सकिन्छ ।

सोही दिन मज्जाले हिँड्न सकियो भने एकैदिन म्याग्दीको तातोपानी पुगिन्छ । म्याग्दीको तातोपानी पुगेपछि माथि उल्लेख गरेको रुट समातेर मुक्तिनाथ पुग्न सकिन्छ । यसरी हाम्रो मक्तिनाथ यात्रा पुरा हुन्छ ।

D7.3 Rupse chara, On the way Ghasa to Tatopani_
तातोपानीबाट घाँसा जाँदै गर्दा बाटोमा पर्ने रूप्से झरना । यो झरना कालिगण्डकीमा मिसिने ठाउँ नै विश्वकै गहिरो खोँच हो ।
At Muktinath, near temple_
मुक्तिनाथ मन्दिर परिसरभित्रको बाटो ।
D5.30 Lete village & Tukuche peak_
तल्लो मुस्ताङको लेतेबाट देखिएको टुकुचे हिमाल ।
D6. 46 On the way Jomsom to Muktinath_
जोमसोमबाट मुक्तिनाथ जाने बाटोमा देखिएको कालिगण्डकी बगर ।
D6.56 view from Kagbeni village_
कागवेनीबाट देखिएको सुन्दर दृश्य ।
D6.59 view from Kagbeni village_
कागवेनीबाटै देखिएको हिमाल ।
D6.66 at Muktinath frozen ice on the tap_
मुक्तिनाथमा रहेको धारोमा जमेको बरफ ।
D6.69 At Muktinath_
मुक्तिनाथबाट देखिने सुन्दर दृश्य ।
D6.88 Local People celebrating Sonam Loshar at Muktinath village_
मुक्तिनाथ गाउँमा स्थानियहरू ।
D4.49 At Poon Hill_
म्याग्दीको पुनहिलबाट हिमाल अवलोकन गर्दै पर्यटक ।
D4.51 On the way Poon Hill to ghorepani
म्याग्दी पुनहिल भ्यू प्वाइन्टबाट घोरेपानी झर्दै गर्दाको दृश्य ।
D4.54 view of Ghorepani village and background is the Dhaulagiri_
म्याग्दीको घोरेपानी ।
D4.64 Shikha village_
म्याग्दीकै शिखा गाउँ ।
D4.69 At Ghar village, on the way to tatopani
शिखा गाउँबाट देखिएको दृश्य ।
Orange farm at Ghara village, on the way to Tatopani from Shikha_
म्याग्दीको घारा गाउँमा फलेका सुन्तलाका बोटहरू ।

तस्बिर सौजन्य: सिक्स्थसेन्स ट्राभल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment