Comments Add Comment

विदेशमा कलाकारः निखिल अमेरिका, राजेश, रेखा र सुष्मा मलेसिया

rekha-and-pramod
यो पटक एकसाथ नेपालका चर्चित कलाकार कार्यक्रम र चलचित्र प्रदर्शनका लागि विदेश हिडेका छन् । नायक निखिल उप्रेतीलाई दिनेश उप्रेती नामका कारण अमेरिकाले भिसा यसअघि दिएको थिएन । उनै, निखिल निर्माता बनेपछि भने अमेरिका उडेका छन् । उनी आफैले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘भैरव’को शोका लागि अमेरिका पुगेका छन् । निर्देशक मधुसुदन भट्टराइको नयाँ चलचित्रमा पनि उनी अनुवन्धित भैसकेका छन् ।

निखिल अहिले चलचित्र ‘संरक्षण’को छायांकनमा व्यस्त थिए । निखिल अमेरिका पुग्दै गर्दा चर्चित ३ कलाकार भने मलेसिया पुगेका छन् । नायिका रेखा थापा, नायक राजेश हमाल र अर्की नायिका सुष्मा कार्की कार्यक्रमको सिलसिलामा मलेसियामा छन् । उनीहरु छुट्टाछुट्टै कार्यक्रमका लागि मलेसिया पुगेका हुन् । उनीहरु करिब एक साता मलेसियामा आयोजना भएको कार्यक्रममा सहभागी भएर र्फकनेछन् । गायक प्रमोद खरेल पनि अहिले मलेसियामा नै छन् ।

विभिन्न चाडपर्व, नयाँ बर्षको अवसरमा विश्वका विभिन्न देशमा रहेका नेपालीले कार्यक्रम गर्दा नेपाली कलाकारको व्यस्तता पनि बढेको छ । गायिका मिलन अमात्य, लोकगायिका ज्योती मगर, गायक शिव परियारको टोली कोरिया पुगेको छ भने कलाकार विल्सन विक्रम राई हङकङ पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment