Comments Add Comment

सुन अाज ८ सय रुपैयाँले महंगियो

Gold Silver market Newroad Kathmandu (5)
२४ माघ, काठमाडौं । बिवाहको सिजन चलिहरँदा सूनको मूल्य उच्च दरमा उकालो  लागेको छ । साताको पहिलो दिन आइतबार सुन तोलाको ८ सय रुपैयाँले महंगिएको छ ।

आज सुन प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य बढ्दा माघ महिनामा बिवाह गर्नेहरु बढी प्रभावित भएका छन् ।

साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ५२ हजार ५ सय रुपैयाँका कारोबार भएको थियो । तर, आइतबार भने सुन एकैपटक ८ सय रुपैयाँले बढेको हो ।

अमेरिकी डलर महँगिदै जाँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएपछि सुनको मूल्यमा वृद्धि हुने क्रम जारी छ ।  आइतबार तेजावी सुनको मूल्य तोलको ५३ हजार ५० रुपैयाँ पुगेको छ ।

आइतबार चाँदी पनि महंगिएको छ । चाँदी आज प्रतितोला १० रुपैयाँ बढेर ७ सय १५ रुपैयाँमा किनबेच भइहरहेको छ ।  यसअघि शुक्रबार चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment