Comments Add Comment

सविरको लभस्टोरी चलचित्रमा निखिल र वेनिशाको जोडी

nikhil-and-benisha-hamal
मसला चलचित्रबाट केही टाढा देखिदै आएकी नायिका वेनिशा हमाल अब भने यसको नजिक आएकी छिन् । चलचित्र क्षेत्रमा लागेको केही बर्ष हुँदा पनि वेनिशाले अपेक्षित सफलता पाउन सकेकी छैनन् । उनै वेनिशाको करिअरमा अब भने निर्देशक सविर श्रेष्ठले व्यवसायिक सफलता दिन सक्ने अड्कल काट्न सकिन्छ ।

मसला बिषयवस्तुमा व्यवसायिक सफल चलचित्र बनाउँदै आएका निर्देशक सविर श्रेष्ठको नयाँ चलचित्रमा नायिका वेनिशा हमाल अनुवन्धित भएकी छिन् । उनको साथमा एक्सन नायक निखिल उप्रेती देखिने पक्का भएको छ । वेनिशा र निखिल पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन् । यसैले पनि यी दुइका लागि यो अनटाइटल प्रोजेक्ट विशेष हुनेछ ।

लभस्टोरी र एक्सन बिषयवस्तु  समावेश गरिएको चलचित्रको छायांकन फागुनको दोश्रो साताबाट सुरु हुने निर्देशक सविर श्रेष्ठले जानकारी दिए । उनले भने-‘अहिले कथामै काम भैरहेको छ । केही दिनमै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौ ।’ जगन श्रेष्ठको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रलाई जयन श्रेष्ठले निर्माण गर्दैछन् । चलचित्रमा रोशन श्रेष्ठको एक्सन, संजय लामाको छायांकन, बसन्त सापकोटा र दिनेश सुनामको संगीत, सविर श्रेष्ठको कथा रहनेछ ।

चलचित्र ‘न्यू इयर’ नबनेपछि केही निराश देखिएकी नायिका बेनिशा हमाल निखिलसँगको केमेष्ट्रीका कारण उत्साहित देखिएकी छिन् । उनले निखिल उप्रेतीसँग काम गर्न पाउनु आफ्नो करिअरकै लागि अर्को खुशीको कुरा भएको बताइन् ।

निर्देशक श्रेष्ठको निर्देशन तथा नायिका रेखा थापाको निर्माणमा बनेको चलचित्र ‘रामप्यारी’ चैत्र २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment