Comments Add Comment

विराट मेडिकल कलेजमा २ महिनासम्म शल्यक्रिया निःशुल्क

birat medical college२४ माघ, विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले बिरामीहरुको स्वास्थ्य उपचार र शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेको छ । कलेजको दोस्रो बार्षिक उत्सवका अवसरमा बिराट मेडिकल कलेजका संचालक डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले दुई महिना कुनै पनि उपचार र अप्रेशनको शुल्क नलिने घोषणा गरेका हुन् ।

बार्षिक उत्सवका अवसरमा दुई महिना सबै सेवा सुबिधा निशुल्क गरेको उनले बताए । विराट मेडिकल कलेज टिचिङ् हस्पिटलमा उपचार गर्न जाँदा औषधि र जाँचको सामान्य शुल्क मात्रै तिर्नुपर्नेछ ।

डा. कार्कीले देशको पछिल्लो राजनीतिक, आर्थिक, सामाजिक र स्वास्थ्यको क्षेत्रलाई ध्यानमा राख्दै निःशुल्क सेवा प्रदान गरेको बताए । उनले भने, ‘हामी देशको पछिल्लो अवस्था सँगसँगै जनताको स्वास्थ्यप्रति गम्भीर भएका छौं । जसको फलस्वरुप हामीले विरामीहरुलाई केहि राहत मिलोस् भनेर छोटो समय भएपनि सेवालाई निःशुल्क बनाएका हौं ।’

विराट मेडिकल कलेज सञ्चालन भएको दुई बर्ष पुगे पनि आधिकारीक रुपमा भने उदघाटन गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment