Comments Add Comment

कतारमा सुदूरपश्चिमेलीको बनभोज

Sudurpaschimeli ko Picnic 1
दोहा । सुदूरपश्चिम सेवा समाज कतारले नयाँ बर्ष २०१६ को शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमका साथ बनभोज सम्पन्न गरेको छ । कतारको राजधानी दोहादेखि ७५ किलोमिटरभन्दा टाढा रहेको रमणीय स्थल अल समाल पब्लिक गार्डेनमा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई संस्थाका अध्यक्ष अमृत शाहीले सभापतित्व गरेका थिए भने संस्थाका प्रमुख सल्लाहकार तथा एनआरएनए आइसीसीका पूर्व सल्लाहकार नरेन्द्र भाटको प्रमुख आतिथ्य थियो । कार्यक्रममा कतारमा बस्दै आएका विभिन्न विद्याका कलाकारहरुको सांगितिक प्रस्तुति थियो ।

कलाकारहरु गंगा गिरि, रामबहादुर बोहरा, लोकेश बिसी, खड्क रावल, महेश नाथ, दिपक बम, रिमा क्षेत्री, रिमा लामा, पारु मगर र निशा ढकालले सांगितिक प्रस्तुति राखेका थिए । लोकदोहोरी गायक युबराज छ्त्यालले आफ्नै एल्बमबाट ‘इन्डीयाको भर नपरौ चाईना तिर जाउँ’ बोलको गीत प्रस्तुत गरे । त्यस्तै सुष्मा मगर, कृष्ण काफ्ले र तुफान कार्कीलगायतका कलाकारहरुको प्रस्तुतीमा उपस्थित दर्शकहरुले भरपुर मनोरन्जन लिए । गीत, नृत्य र हास्यव्यंग्य प्रस्तुतीसँगै सुदूरपश्चिमको मौलिक सँस्कृती देउडा गीतमा दर्शकहरु नाचेर मनोरन्जन लिए ।

Sudurpaschimeli ko Picnic 2

कार्यक्रमका प्रमुख अतिथी भाटले संस्थाले आफ्नो पहिचानलाई स्थापित गर्दै कतारमा रहेका सबै संघसंस्थाहरुसँग हातेमालो गर्नुपर्ने बताए । उनले समाजमा सृजनात्मक कार्यको थालनी गर्न संस्था सधै अगाडि बढ्नुपर्ने भन्दै शुभकामना दिएका थिए ।
कार्यक्रमका संयोजक लिला अधिकारीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेका थिए । संस्थाका उपाध्यक्ष नरबहादुर बिष्टले सुदूरपश्चिमबारे चर्चा गरे ।

‘हिमाल पहाड तराई एकताको कामना, समृद्ध समाज सु.प.को चाहना’ भन्ने मुल नाराका साथ सेती महाकाली दुई अन्चलका ९ जिल्लालाई समेट्दै प्रवासमा भाइचारा र सहयोगात्मक भावनाको विकास गर्ने हेतुले कतारमा संस्थाको स्थापना गरिएको हो । स्थापनाको छोटो समयमा संस्थाले सामाजिक तथा साँस्कृतिक कार्यहरु सम्पन्न गरेको छ ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका मध्यपूर्व उपसंयोजक उमेश अधिकारी, जनसम्पर्क समिति कतारका केशव भुषाल, जनप्रगतीशिल मञ्च कतारका सन्नीकुमार ओली, जनप्रगतीशिल मोर्चा कतारका उमेश गिरी, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेशप्रसाद बन्जाडे, समाजसेवी कमलमणी गुरागाई, चानक पोखरेल, ईश्वर काफ्लेलगायत कतारमा रहेका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती थियो । कार्यक्रमलाई महासचिव महेश कार्कीले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment