Comments Add Comment

उसुको थाउलोमा नेपाललाई २ रजत पदक

सन्देश श्रेष्ठ

२४ माघ, सिलोङ । बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन नेपालले २ रजत पदक जितेको छ । उसुको थाउलोतर्फ नेपालले २ रजत पदक जितेको हो ।

Wushu-logoयो सागै नेपालको ३ रजत र २ काश्य सहित पदक संख्या ५ पुगेको छ । यसअघि नेपालले हिजो भारत्तोलनमा एक रजत र एक काश्य तथा कुस्तीमा एक काश्य जितेको थियो ।

सिलोङ्गमा आज भएको खेलमा नेपालकी सुस्मिता तामाङ्ग र विवेक सिञ्जालीले नेपालका लागि रजत पदक दिलाएका हुन् ।

नेपालकी सुस्मिताले ८ दशमलव ८२ अंक प्राप्त गर्दै रजत पदक दिलाएकी हुन् । यस स्पर्धामा श्रीलंकाले स्वर्ण र  भारतले काश्य पदक जित्यो ।

त्यस्तै आज भएको अर्को खेलमा विवेकले ८ दशमलव ८० अंक प्राप्त गरेर रजत पदक जिते । यस स्पर्धामा भारतले स्वर्ण र पाकिस्तानले काश्य पदक जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment