Comments Add Comment

लगानी कोष र बीमा कम्पनीबीच कोष सञ्चालन सम्बन्धी सम्झौता

cit beema agrement

२४ माघ, काठमाडौं । नागरिक लगानी कोष र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच उपदान र निवृत्तिभरण कोष योजना सञ्चालन सम्बन्धी आइतबार सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझीले हस्ताक्षर गरेका छन् ।

बीमा कम्पनीका निवृत्तिभरक कर्मचारीहरुको लागि पेन्सन वितरण गर्ने कार्यलाई सहज र सरल बनाउन तथा कम्पनीका सेवा निवृत्त कर्मचारीहरुलाई निवृत्तिभरण बापतको रकम भुक्तानीको  सुनिश्चितता प्रदान गर्न सम्झौताले सहयोग पुर्‍याउने कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।

सम्झौताको अवसरमा कोषको तर्फबाट मुख्य व्यवस्थापक सुशील अर्याल, उपब्यवस्थापकद्वय छविरमण अधिकारी र शोभा श्रेष्ठ, उपदान कोष योजना शाखाका प्रमुख दिपेन्द्र सिंह अधिकारी तथा वीमा कम्पनीको तर्फबाट मुख्य व्यवस्थापक दामोदर सापकोटाको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment