Comments Add Comment

भुटानमाथि नेपालको शानदार जित, नवयुगको हृयाट्रिक

Nanayug-Shrestha

२४ माघ, काठमाडौं । १२औं साग गेम्स अन्तर्गत पुरुष फुटबलतर्फ आफ्नो पहिलो खेलमा नेपालले भुटानमाथि शानदार जित हात पारेको छ ।

आइतबार भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले नवयुग श्रेष्ठको हृयाटि्रकको मद्धतमा भुटानलाई  ५-० गोलले पराजित गरेको छ । जितसंगै नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो बनेको छ ।

गुवहाटीस्थित जवाहरलाल नेहरु रंगशालामा भएको खेलमा नेपालले ३६औं मिनेटमा नवयुगको गोलबाट अग्रता लियो । कप्तान बिराज महर्जनको क्रसमा उनले गोल गरेका हुन् ।

पहिलो हाफको अन्त्यतिर नेपालले अग्रता दोब्बर पार्‍यो । ४४औं मिनेटमा बिशाल राईले नेपालका लागि दोस्रो गोल गरे ।

दोस्रो हाफको सुरुमै नेपालले ३-० को अग्रता बनायो । अञ्जन विष्टले ५१ औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए । फिफा बरियातामा नेपालभन्दा ५ स्थान तल रहेको भुटानलाई नेपालले सुरुवातदेखि नै दबाबमा राखेको थियो

खेलको ८२औं मिनेटमा दोर्जी रातोकार्ड खाँदै मैदान बाहिरिएपछि भुटान खेलको अन्तिम १० मिनेट १० खेलाडीमा समेटिएको थियो ।

दुई साताअघि बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटबलको उपाधि बिजेता नेपाली टोली प्रतियोगिताको उपाधि दावेदार टोली हो । प्रतियोगिताको समुह बी मा रहेको नेपालले समुहको अर्को खेल माघ २८ गते बंगलादेश बिरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment