Comments Add Comment

नागरिक लगानी कोषले निवृतिभरण कोष योजना सञ्चालन गर्ने

cit-bema-agrement
२४ माघ,, काठमाडौं । नागरिक लगानी कोष र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच उपदान तथा निवृतिभरण कोष योजना सञ्चालन सम्बन्धीसम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीर बिक्रम रायमाझीले हस्ताक्षर गरेका हुन ।

बीमा कम्पनीका निवृतीभरक कर्मचारीहरुको लागि पेन्सन वितरणलाई सहज र सरल बनाउन तथा कम्पनीका सेवा निवृत कर्म्ाचारीहरुलाई निवृतीभरण बापतको रकम भुक्तानीको सुनिश्चितता प्रदान गर्न सम्झौताले सहयोग पुर्‍याउने कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।

कार्यक्रममा कोषका मुख्य व्यवस्थापक सुशिल अर्याल, उपब्यवस्थापक छविरमण अधिकारी र शोभा श्रेष्ठ, उपदान कोष योजना शाखाका प्रमुख दिपेन्द्रसिंह अधिकारी तथा बीमा कम्पनीका मुख्य व्यवस्थापक दामोदर सापकोटाको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment