Comments Add Comment

काठमाडौं सभापतिमा संस्थापनकै दुई उम्मेदवार भिड्ने

Bhimsen-das-and-Sabuj-baniya

२४ माघ, काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा संस्थापन पक्षबाट दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

संस्थापन पक्षबाट सवुज वानियाँले उम्मेद्वारी गरेका छन् । उनको प्यानलबाट सचिव पदमा राजकुमार नकर्मी र कोषाध्यक्षमा गेाविन्द पुडासैनीका उम्मेद्वारी परेको छ ।

संस्थापन पक्षबाटै वर्तमान सभापति भीमसेनदास प्रधानले पनि उम्मेद्वारी घोषणा गरे । आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोचमा रहे पनि कार्यकर्ताको आग्रहमा पुनः जिल्ला सभापतिमै  उम्मेदवारी घोषणा गर्नु परेको बताए ।

त्यस्तै देउवा पक्षबाट पनि उम्मेद्वारी दिने तयारी भएको बताइएको छ । यद्यपी उम्मेद्वार घोषणा भइसकेको छैन ।

कांग्रेस काठमाडौंको जिल्ला अधिवेशन सोमबार विहान नौ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ । अधिवेशनको पार्टी सभापति सुशील कोइरालाले गर्ने कार्यक्रम छ ।

जिल्ला कार्यसमितिको अन्य सदस्यहरुको निर्वाचन यसअघिनै सम्पन्न भइसकेको छ भने कार्यसमितिका अन्य पदाधिकारीहरु मनोनयन गरिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment