Comments Add Comment

भारत्तोलनमा नेपाललाई अर्को एक पदक

Jun-maya

२४ माघ, काठमाडौं । १२ औं दक्षिण एशियाली खेलकुदमा नेपाली भारत्तोलन खेलाडीले तेस्रो पदक जितेकी छन् ।

महिलाको ६३ केजी तौल समुहमा स्न्याचतर्फ ५५ केजी र क्लिन एण्ड जर्कतर्फ ७५ केजी गरेर कुल १३० केजी उठाउँदै  नेपालकी जुन माया छन्त्यालले काश्य पदक जितेकी हुन् ।

यस स्पर्धामा श्रीलंकाकी खेलाडीले रजत र बंगलादेशकी खेलाडीले स्वर्ण पदक जित्न सफल भईन ।

यसअघि हिजो भएको स्पर्धामा ५३ केजी स्पर्धामा देवीकुमारी चौधरीले काश्य र ६२ केजी तौलसमूहमा बिकास थापाले रजत पदक जितेका थिए ।

यो संगै जारी सागमा नेपालले जितेको पदकसङख्या ६ पुगेको छ । यसअघि आज भएको स्पर्धामा नेपालले उसुमा दुई रजत पदक हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment