Comments Add Comment

सशस्त्रका पूर्व प्रमुख शैलेन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२४ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक शैलेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

shilendra-shrestha-policeसामान ढुवानीका नाममा फर्जी बिल बनाएर भ्रटाचार गरेको आरोपमा श्रेष्ठसहित चार जनाविरुद्ध आइतबार मुद्दा दायर भएको हो । श्रेष्ठ झण्डै ९ महिना सशस्त्र प्रमुख भएका थिए । उनी केही समयअघि एक करोड धरौटीमा छुटेका थिए ।

अख्तियारले श्रेष्ठविरुद्ध ८० लाख ९३ हजार रुपैयाँ विगोदाबी गरेको छ । सशस्त्र प्रहरी निरीक्षक तकमान महरा विरुद्ध पनि श्रेष्ठको जत्ति नै बिगो माग दावी गर्दै मुद्दा दायर भएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक रामचन्द्रविरुद्ध १८ लाख र अदिती ट्रान्सर्पोटविरुद्ध ५७ लाख बिगोदाबी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिए ।

यसअघि सशस्त्रका पूर्व प्रहरी महानिरिक्षक कोषराज वन्तसहित अन्य ९ जनाविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment