Comments Add Comment

चितवनमा भोलिदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी

Chitwan Mela 2

२४ माघ, काठमाडौं । चितवनमा सोमबारदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने भएको छ । चितवन उद्योग संघको आयोजनामा हुन लागेको प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

चितवनको खेल मैदानमा हुने प्रर्दशनी उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उदघाटन गर्ने कार्यक्रम छ । प्रदर्शनी फागुन २ गतेसम्म चल्ने छ ।

प्रदर्शनीमा विभिन्न वस्तु तथा सेवाका दुई सय स्टलहरु रहनेछन् । यसपटकको प्रदर्शनीमा अवलोकन गर्नका लागि सर्वसाधरणका लागि ५० रुपैयाँको टिकट र विद्यार्थीहरुको लागि ३० रुपैयाँको टिकट व्यवस्था गरिएको प्रदर्शनी मुल आयोजक समितिका संयोजक भीमबहादुर पाण्डेले जानकारी दिए ।

यसपटक प्रदर्शनीलाई विशुद्ध औद्योगिक प्रदर्शनीको रुपमा अगाडि बढाइएको छ । यसपटक धुलो धुवाँरहितका स्टल निर्माण गरिएका छन् । जसले गर्दा दर्शक र प्रदर्शक दुवैलाई सहज हुनेछ ।

प्रदर्शनीमा साँस्कृतिक पक्षलाई पनि समेटिएको संघले जनाएको छ । प्रदर्शनीमा चर्चित गायक गायीका सत्यराज आचार्य, स्वरुप आचार्य, कोमल ओली, मिलन लामा, ज्योति मगर, हास्य टेलिऋंखला जिरे खुर्सानीको कलाकारहरुको हस्य प्रहसन, स्थानीय कलाकार नेत्र जी पन्त र रत्ननगर कलामिन्दरको नृत्य प्रस्तुती रहने कला तथा सांस्कृतिक समितिका संयोजक लक्ष्मण अर्यालले जानकारी दिए ।

Chitwan Mela

प्रदर्शनीमा विशेषगरि उत्पादनमुलक उद्योग परिसर, निर्माणजन्य उद्योग परिसर, कृषिजन्य उद्योग परिसर, सेवा/प्रविधिजन्य उद्योग परिसर, विविध व्यापारीक परिसर रहने बताइएको छ । पोल्ट्री जन्य उत्पादन, मौरीजन्य उत्पादन, ताजा माछा र माछजन्य उत्पादन, मेशिनरीहरु, काष्ठजन्य फर्निचरहरु, प्लाष्टिकका उत्पादनहरु, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इकयुप्मेन्ट्स, तयारी पोषाक, गलैचा, धातुका सामानह, वायो प्रोडक्ट् लगायत रहनेछन् ।

यसैगरी, उत्पादन प्रविधिहरु, खाद्य तथा पेय पदार्थ, आल्मुनियम, स्टील जस्ता धातुका फर्निचरहरु, फेबि्रकेशनका सामानहरु, निर्माण सामाग्रीहरु, हस्तकला, खेलैना, माटाका सामानहरु, कृषि तथा भेटेरिनरीजन्य औषधिहरु प्नि रहने प्रचार-प्रसार समितिका संयोजक मदन घिमिरेले जानकारी दिए ।

विगतका वर्षहरु झैँ यसपटक पनि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी अन्तरगत ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी डान्सिङ स्टार-२०७२’ हुने भएको छ । सो प्रतियोगितामा उच्च मावि र कलेजका विद्यार्थीहरुले एकल प्रस्तुतीको रुपमा सहभागिता जनाउन पाउनेछन् ।

होटेल स्टार व्यान्क्वेट भरतपुरमा हुने प्रारम्भिक छनौट चरणबाट सम्बन्धि क्षेत्रका विज्ञहरुको निर्णयको आधारमा १२ जना छनौट हुनेछन् । उनीहरुले क्रमश प्रदर्शनी अवधिभरमा आफ्नो प्रतिभा देखाउन पाउनेछन् । सोही आधारमा प्रदर्शनीको अन्तिम दिन राष्ट्रिय औद्योगिक प्रदर्शनी डान्सिङ स्टार २०७२ घोषणा गरिनेछ ।

डान्सिङ स्टारको उपाधि जित्नेले नगद २५ हजार रुपैयाँ, द्धितिय हुनेले नगद १५ हजार रुपैयाँ र तृतीय हुनेले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने र सान्त्वना हुनेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment