Comments Add Comment

अब मोवाइलबाटै सेयर बजारसम्बन्धी सम्पूर्ण जानकारी पाइने

२४ माघ, काठमाडौं । सेयर बजारका लगानीकर्ताले अब मोवाइलबाटै सेयर बजार सम्बन्धी सम्पूर्ण जानकारी पाउने भएका छन् । एनआइबिएल क्यापिटलले अाइतबार त्यस्तो सेवा उपलब्ध गराउने मोवाइल एप सार्वजनिक गरेको छ। यो एप अत्यन्तै सुरक्षित रहेको एनआइबिएलको दाबी छ ।
niblcapitalयो एप एन्ड्रोइड मोवाइल चलाउने ग्राहकले डाउनलोड गर्न सक्छन् र  एपबाट लगानीकर्ताले सेयरबजारसँग सम्बन्धित सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने एनआइबिएलका प्रमुख कार्यकारी अधिकृत मेगबहादुर थापाले जानकारी दिए ।
कम्पनीका ग्राहकले सजिलै र बिना झन्झट् जुनसुकै समयमा मोवाइलबाटै हेर्न सक्ने थापाले बताए । थापाका अनुसार एपमार्फत ग्राहकले एनआइबिएल क्यापिटल अन्तर्गतको डिम्याट खाता, एनआइबिएल सम्बृद्धि फण्ड १, बाँडफाट विवरण, नेप्से सूचना तथा क्यापिटल मार्केटसम्बन्धि अन्य विभिन्न सूचना लिन सक्नेछन् ।
एप प्रयोगकर्ताले एनआइबिएल सम्बृद्धि फण्ड १ को साप्ताहिक तथा मासिक एनएभी, आइपिओ तथा एफपिओको बाँडफाट विवरण हेर्न सक्ने कम्पनीले जनाएको छ ।
यो एपले प्रयोगकर्तालाई एनआइबिएल सम्बृद्धि फण्ड १ को एनएभी अपडेट लगायत आइपिओ,  हकप्रद, लाभांश तथा बोनस वितरण तथा अन्य विभिन्न सूचना बारे नोटिफिकेशन पनि पठाउने कम्पनीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment