Comments Add Comment

भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा जैमुनी घाटमा सवा करोड दीप प्रज्ज्वलन गरिने

Jaimini-ghat

२४ माघ, बाग्लुङ । गत बैशाख १२ गतेको भूकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा बागलुङ र पर्वतको सिमावर्ती क्षेत्रमा रहेको प्रसिद्ध धार्मिक, समाधिस्थल एवं पर्यटकीय महत्व बोकेको जैमुनी घाटमा अखण्ड किर्तन संगै सवा करोड दीप प्रज्ज्वलन गरिने भएको छ ।

पौराणिक कालमा जैमिनी ऋषिले तपस्या गरेको यस तिर्थस्थलमा बैशाख १२ को भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा फाल्गुन २४ गते शिव रात्रीको दिन दीप प्रज्ज्वलन गर्न लागिएको हो ।
शिव रात्रीको दिन २४ घण्टे अखण्ड किर्तन गरि दीप प्रज्वलन गर्दा पितृहरुको उद्धार हुने तथा मृत आत्माले शान्ति पाउने जनबिश्वास छ ।

अखण्ड किर्तन तथा दीप प्रज्ज्वलन कार्यक्रममा संयोजक उमकान्त सापकोटा ओझेलमा परेको यस धार्मीक तथा  सांस्कृतिक महत्व बोकोको जैमुनी घाटको प्रचार प्रसारमा सहयोग पुग्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment