Comments Add Comment

पशुपतिनाथको मन्दिरका भट्टलाई घर जान हवाई टिकट

Pashupatinath-Temple

२४ माघ, काठमाडौं । पशुपतिनाथ मन्दिरका मूल भट्ट र सहायक भट्टलाई घर भारतको म्याङ्लोर जान आउनका लागी वर्षमा एक पटक दुईतर्फी हवाई टिकटसहित ४० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ ।

पशुपति क्षेत्र विकास कोषको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । पशुपतिका मूल भट्ट एक र चार सहायक भट्ट गरी पाँच भट्टलाई हवाई टिकट र घर जान र आउन लागि वाषिर्क ४० हजार रुपैयाँ दिने निर्णय गरेको कोषका अध्यक्ष एवं पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले बताए ।

यसअघि प्रतिभट्ट वाषिर्क ४० हजार रुपैयाँमात्र दिइन्थ्यो । उक्त रकमबाट टाढाको यात्रा गर्न कठिनाई भएको भन्दै भट्टहरुले हवाई टिकटको व्यवस्था गर्न माग गर्दै आएका थिए ।

बैठकले पशुपतिको मूल भट्ट र सहायक भट्टका छोराछोरीलाई अध्ययनका लागि कोषले मासिक १० हजार रुपैयाँ छात्रवृत्ति स्वरुप प्रदान गर्ने र सो स्कुल वा क्याम्पसको खातामा छोराछोरी २२ वर्षको हुँदासम्म मात्र उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

कोषको बैठकले सेवा करारमा काम गर्ने कर्मचारीलाई उमेरको हद ६० वर्ष मान्ने निर्णय गरेको र पशुपतिनाथको मन्दिरलाई हिन्दुहरुको आस्थाको केन्द्र बनाउनका लागि सबैले प्रतिवद्ध भएर काम गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment