Comments Add Comment

१२औं सागः नेपाललाई थप दुई काश्य

SAG-1

२४ माघ, सिलोङ्ग । १२औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप दुइ काश्य पदक जितेको छ ।

आज भएको स्पर्धामा नेपाली खेलाडीले कुस्ती र स्विमिङ्गमा एक/एक काश्य पदक जितेका हुन् ।

कुस्तीतर्फ रामबाबु यादवले ६१ केजी फ्रीस्टाईलमा नेपाललाई काश्य पदक दिलाए ।

 उनी पाकिस्तानका अब्दुल वाहाईसँग पराजित भएका थिए । रामबाबुले पहिलो खेलमा वाइ पाएका थिए । उनीसँगै अफगानी मोहम्मद अलीले कांस्य जित्दा भारतका प्रदीपले स्वर्ण र अब्दुलले रजत जितेका थिए ।

नेपालले यसअघि हिजो पनि कुस्तीमा एक काश्य पदक जितेको थियो ।

आजै भएको स्विमिङ्ग स्पर्धामा नेपालकी गौरीका सिंहले काश्य पदक जित्न सफल भईन । दुई मिटर व्याकस्ट्रोकमा उनले काश्य पदक जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट २६.९३ सेकेण्डमा पुरा गरेकी हुन् ।

यो सँगै नेपालको पदक संख्या ८ पुगेको छ । नेपालले सागको दोस्रो दिन हिजो तीन र तेस्रो दिन आज पाँच पटक हासिल गरेको हो । जसमा तीन रजत र पाँच काश्य सामेल छन् ।

नेपालले जारी सागमा अहिलेसम्म स्वर्ण पदक जिन्त सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment