Comments Add Comment

काठमाडौं कांग्रेसमा संस्थापनकै तीन उम्मेदवार

भिमसेनदास प्रधान र सबुज वानियाँले
भिमसेनदास प्रधान र सबुज वानियाँ

२४ माघ, काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा संस्थापन पक्षबाट तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबाट भने एक जना मात्र उम्मेदवार छन् ।

संस्थापन पक्षबाट भीमसेनदास प्रधान, सवुज वानियाँ र राजुराज जोशीले सभापतिमा उम्मेदवारी दिने दिने भएका छन् ।

बानियाँ महामन्त्री प्रकाशमानसिंह निकटका हुन् । काठमाड निर्वाचन क्षेत्र नं १, ३, ४, ५, ७, ८ र १० का सभापतिको भेला गरेर उनले काठमाडौंको सभापतिको उम्मेदवार घोषणा गरेका हुन् । उनको प्यानलबाट सचिव पदमा राजकुमार कार्की र कोषाध्यक्षमा गेाविन्द पुडासैनीका उम्मेद्वारी परेको छ ।

संस्थापन पक्षबाटै वर्तमान सभापति भीमसेनदास प्रधानले पनि उम्मेद्वारी घोषणा गरे । प्रधान ६ नं क्षेत्रका सांसद समेत रहेका उनलार्इ संस्थापनको प्रकाशमान सिंह इतरको समूहले समर्थन छ । आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोचमा रहे पनि कार्यकर्ताको आग्रहमा पुनः जिल्ला सभापतिमै  उम्मेदवारी घोषणा गर्नु परेको बताए ।

कांग्रेसमा समूहको राजनीति अन्त्य गरिनुपर्ने मुद्दा लिएर क्षेत्र नं ८ का महाधिवेशन प्रतिनिधि राजुराज जोशीले सभापतिमा उम्मेदवार दिने भएका छन् । जोशीको समूहको सचिवमा क्षेत्र नं २ का हरिचन्द्र श्रेष्ठ र कोषाध्यक्षमा क्षेत्र नं ९ की सिरिमिला सुवाल उम्मेदवार छन् ।

देउवा समूहबाट भने क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि नरोत्तम वैद्य सभापतिका एक्ला उम्मेदवार हुने भएका छन् ।

कांग्रेस काठमाडौंको जिल्ला अधिवेशन सोमबार विहान नौ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ । अधिवेशनको पार्टी सभापति सुशील कोइरालाले गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment