Comments Add Comment

सागमा गौरीकाको कीर्तिमानी काश्य, नेपालले थप्यो ६ पदक

Bijay-Singali-and-susmita-Tamang-650

सन्देश श्रेष्ठ

२४ माघ, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को दोश्रो दिन नेपालले दुर्इ रजतसहित ६ पदक जितेको छ ।

नेपालले आइतबार २ रजत र ४ कास्य जितेको हो । नेपालले उससु तर्फको थाउलोमा २ रजत, भारत्तोलन, कुस्ती, स्विमिङ, र टेबलटेनिसमा १-१ कश्य जित्दै नेपालको पदक संख्या ९ पुर्याएको हो

गौरीकाले जितिन काश्य

नेपालले आइतबार ४ काश्य पदक जितेको छ । आइतबार स्विमिङ, कुस्ती, भारत्तोलन र टेबलटेनिसमा नेपालले एक-एक काश्यपदक जितेको हो ।

स्विमिङमा १३ वर्षीया गौरीका सिंहले काश्य पदक जितिन् । उनले २ सय मिटर व्याक स्ट्रोकमा ऐतिहासिक पदक दिलाएकी हुन् । उनले २ मिनेट २६ दशमलव ९३ सेकेण्डमा दुरी पार गर्दै राष्ट्रिय कीर्तिमान समेत बनाइन् ।

नेपालकी जुनुमाया छन्त्यालले भारत्तोलनतर्फ ६३ केजी तौल समूहमा काश्य पदक जितेकी हुन् । उनले स्न्याच तर्फ ५५ केजी र क्लिन एण्ड जर्क तर्फ ७५ केजी गरी कुल १३० केजी उठाउँदै काश्यपदक जितेकी हुन् ।

कुस्तीमा रामबहादुर यादवले काश्य पदक जिते । फाइनल प्रवेशका लागि भारतीय खेलाडीसँग भएको प्रतिष्पर्धामा पराजित उनले काश्य पदक हात पारे ।

टेबलटेनिसको पुरुष टिम इभेन्टमा नेपालले काश्य पदक जित्यो । सेमिफाइनलमा श्रीलंकाका खेलाडीसँग पराजित भएपनि नेपालले काश्य पदक जितेको हो । त्यसअघि नेपालले बंगलादेशलाई हराएको थियो ।

थाउलोमा दुई रजत

नेपालले आज दोश्रो दिन उसुतर्फको थाउलोमा २ काश्य पदक जितेको छ । सिलोङमा भएको खेलमा सुस्मिता तामाङ र बिजय सिञ्जालीले रजत पदक जितेका हुन् ।

रजत पदक बिजेता सुस्मिताले ८ दशमलव ८२ अंक प्राप्त गर्दै पदक जितेकी थिइन् । सो स्पर्धामा श्रीलंकाले स्वर्ण र भारतले काश्य पदक जित्यो ।

अर्को खेलमा बिजयले ८ दशमलव ८० अ.क प्राप्त गर्दै रजत पदक जिते । सो स्पर्धामा भारतले स्वर्ण पदक जित्यो भने पाकिस्तानले काश्य पदक जित्यो । दुबै स्पर्धामा नेपालले स्वर्णको आशा गरेको थियो ।

नवयुगको ह्याट्रिक

सागको पुरुष फुटबलमा पनि नेपालले सुखद सुरुवात गरेको छ । नवयुग श्रेष्ठको ह्याट्रिकको मद्धतमा नेपालले भुटानलाई ५-० ले हराएको छ ।

नेपालका लागि नवयुग श्रेष्ठले ह्याट्रिक गरे । उनले ३६, ७६ र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । खेलको ४५ औं मिनेटमा विशाल राईले र अञ्जन विष्टले ५१ औं मिनेटमा गोल गरेका थिए ।

महिला फुटबलमा दोश्रो जित

सागको महिला फुटबलमा नेपालले दोश्रो सफलता पाएको छ । सिलोङमा भएको खेलमा मालदिभ्सलाई २-० ले हराउँदै नेपाले दोश्रो जित हात पारेको हो । नेपालको जितमा क्याप्टेन अनु लामा र निरु थापाले गोल गरे ।

तेश्रो दिनसम्मको खेल सकिँदासम्म नेपाल ३ रजत र ६ काश्यस गरी कुल ९ पदकसहित अंक तालिकाको पाचौं स्थानमा छ । भारत, २७ स्वर्ण, १२ रजत र ३ काश्यसहित कुल ४२ पदकसहित पदक तालिकाको शीर्ष स्थानमा छ ।

श्रीलंका ८ स्वर्ण, १७ रजत र १२ काश्यसहित ३७ पदकसहित दोश्रो, पाकिस्तान २ स्वर्ण,  ४ रजत र ७ काश्य गरी कुल १३ पदकसहित अंक तालिकाको तेश्रो, बंगलादेश २ स्वर्ण, २ रजत र १३ काश्यस गरी कुल १७ पदकसहित चौथो स्थानमा छ । अफ्गानिस्तान १ रजत र ३ काश्यगरी कुल ४ पदकसहित अंक तालिकाको छैटौं स्थानमा छ भने मालदिभ्स र भुटानले अझैसम्म पनि खाता खोल्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment