Comments Add Comment

यासिर शाह ३ महिना निलम्बित, टी-२० विश्वकप गुमाउने

yasir-shah

२४ माघ, काठमाडौं । पाकिस्तानका लेग स्पिनर यासिर शाह तीन महिनासम्म क्रिकेट सम्वन्धी सबै गतिविधिबाट निलम्बिन गरिएको छ । यससँगै उनले टी-२० विश्वकप गुमाउने भएका छन् ।

डोपिङ टेष्टमा फेल भएपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले शाहलाई निलम्बन गरेको हो । यो प्रतिवन्ध २७ डिसेम्बर २०१५ बाट लागू हुनेछ र २७ मार्चसम्म रहनेछ ।

यसको अर्थ भारतमा हुने टी-२० विश्वकप गुमाउने भएका छन् । यो पाकिस्तानका लागि ठूलो झड्का हो । यासिर टेष्टमा सबैभन्दा छिटो ५० विकेट दिने पाकिस्तानी बलर हुन् ।

आईसीसीका अनुसार डोपिङ टेष्टका क्रममा प्रतिवन्धित पदार्ग क्लोरटालिडोन पाइएको छ ।

यद्यपि यासिरले आफ्नो बी नमूना टेष्टका लागि अपील गर्न सक्नेछन् । यो जाँचमा नेगेटिभ आए मात्र प्रतिवन्ध हट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment