Comments Add Comment

नयाँ शक्तिले तोक्यो सात प्रदेशका संयोजक, भट्टराईलाई राजनीतिक विभाग

Naya-Sakti

२४ माघ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँँ शक्ति नेपालले प्रदेश संयोजकहरु तोकेको छ । साथै विभिन्न विभागहरु गठन गरेर संयोजक चयन गरेको छ ।

राजधानीमा दुई दिनसम्म चलेको नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषदको बैठकले ५१ सदस्यीय सचिवालय बनाएको छ । नयाँ शक्तिले सात प्रदेशको संयोजक समेत तोको छ ।

प्रदेश नं. १ मा राजेन्द्र किराती, २ मा रामचन्द्र झा, ३ मा वलावती शर्मा, ४ मा देवेन्द्र पराजुली, ५ मा व्ाामदेव क्षेत्री, ६ मा भक्तवहादुर शाह र ७ मा लिलादेवी भण्डारी संयोजक छन् ।

केन्द्रीय परिषदको बैठकले नयाँ शक्तिका संयोजक पूर्व प्रधानमन्त्री डा. भट्टराईलाई राजनीतिक विभागको संयोजक समेत तोकेको छ ।

संगठन विभागको संयोजकमा देवेन्द्र पौडेल, आर्थिक तथा सुशासन विभागमा रामेश्वर खनाल, सूचना तथा सञ्चार विभागमा मुमाराम खनाल, सामाजिक अभियान विभागमा पासाड शेर्पा र शहीद तथा वेपत्ता परिवार र घाईते अपांग विभाग संयोजकमा हिसिला यमी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment