Comments Add Comment

आइतबारको टप १० समाचारः मधेसले के पायोदेखि मदनकृष्णकी श्रीमतीसम्म

आज आइतबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. प्रधानमन्त्रीको भारत भ्रमणमा शंका उपशंका नगरौं:परराष्ट्रमन्त्री

Kamal thapa

उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने भारत भ्रमण परम्परा र औपचारिकतामा मात्रै सीमित नहुने दाबी गरेका छन् ।आफ्नो भ्रमणलाई प्रधानमन्त्रीले परम्परा र औपचारिकतामा सीमित नराख्न निर्देशन दिएकाले सोही अनुसारको तयारी भइरहेको थापाले स्पष्ट पारेका छन् ।

२. मेरी श्रीमतीः यशोदासँग दुईपटक बिहे गरेँ

बैंसमा म अलिअलि चुलबुले पनि थिएँ, हँसिमजाक गर्ने स्वभावको । अफिसमा काम गर्दा पनि बोलेर हँसाइरहन्थे । मेरो कुरामा कोठाभरिका मान्छे हाँस्थें, रमाइलो मान्थें । उनी पनि हाँसिरहेकी हुन्थिन् ।

३. वीरगञ्ज नाकादेखि वीरगञ्ज नाकासम्म: मधेसले के पायो ?  

वीरगञ्ज नाका अघोषित रूपमा बन्द भएसँगै चर्किएको मधेस आन्दोलन यही नाका अघोषित रूपमा खुलेसँगै अब लगभग एउटा ‘टर्निङ प्वाइन्ट’ मा आइपुगेको छ । नयाँ संविधान घोषणासँगै जुर्मुराएको आन्दोलनबाट मधेसी मोर्चा र मधेसका जनताले के उपलब्धि पाए ? यो विषय सम्भवतः बहसका लागि अब परिपक्क बनेको छ ।

४. लेबनान जाँदा लाएको माया मलेसियामा छुट्यो

गत बुधबारदेखि कृष्ण बेचैन छन् । नवलपरासीका कृष्ण मगर अहिले २८ का भए । चार वर्षअघि उनी रोजगारीको सिलसिलामा लेबनानमा थिए । कृष्णका तीन भाइ अनि बहिनी छन् । जेठो छोरा भएकाले परिवारको जिम्मेवारी पनि उनैको काँधमा थियो ।

५. बादलमाथिको मन्दिर मुक्तिनाथ (फोटो फिचर)

हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो, मुक्तिनाथ मन्दिर । हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथमा वर्षेनी लाखौं स्वदेशी तथा विदेशीहरु पर्यटक पुग्ने गर्छन् ।

६. किसानलाई पेन्सन: यस्तो छ सरकारको तयारी

सरकारी कर्मचारीले सेवानिवृत्त भएपछि सरकारबाट मासिक पेन्सन पाउँछन् । तर, कृषिमन्त्री हरिबोल गजुरेलको घोषणामा विश्वास गर्ने हो भने भविष्यमा कृषकले पनि सरकारी जागिरेले जस्तै पेन्सन बुझ्न थाल्नेछन् ।

७. नेहाको हत्यापछि केकीले लेखिन्ः एक्लै हिँड्न डर लाग्न थाल्यो 

पोखरेली नायिका योरुना मगर (नेहा) को अर्धनग्न अवस्थामा शब फेला परेपछि फेरि एक पटक महिला हिंसाको बहस सतहमा आएको छ । यो बहसमा मिसिएकी छिन् नायिका केकी अधिकारी ।

८. भुटानमाथि नेपालको शानदार जित, नवयुगको हृयाट्रिक

१२औं साग गेम्स अन्तर्गत पुरुष फुटबलतर्फ आफ्नो पहिलो खेलमा नेपालले भुटानमाथि शानदार जित हात पारेको छ ।जितसंगै नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो बनेको छ ।

९. वीरगञ्ज नाका त खुल्यो, ग्यास र पेट्रोल कहिले पाइन्छ ? 

वीरगञ्ज नाका खुलेपछि फटाफट तेल र ग्यास भित्रिएर देश भित्रको अभाव अन्त्य हुुने आशा धेरै नेपालीमा छ । तर, अभाव साम्य हुने गरी तेल र ग्यास भित्रने विषय आफूमा मात्रै निर्भर नभएको नेपाल आयल निगमले जनाएको छ ।

१०. सागमा गौरीकाको कीर्तिमानी काश्य, नेपालले थप्यो ६ पदक 

भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को दोश्रो दिन नेपालले दुर्इ रजतसहित ६ पदक जितेको छ ।नेपालले आइतबार २ रजत र ४ कास्य जितेको हो ।

र, यो पनि

लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई ६ वर्ष जेल !

आफुलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एकजना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्धा हाले । यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment