Comments Add Comment

अर्थमन्त्री पौडेल र भारतीय गृहमन्त्रीबीच भेट, विकास साझेदारी गर्न भारत तयार

Bishnu-Paudel२४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तारतम्य मिलाउन भारत भ्रमणमा रहेका अर्थमन्त्री बिष्णु पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंहसंग भेट गरेका छन् ।

आइतबार मध्याह्न भारत प्रस्थान गरेका अर्थमन्त्री पौडेलले दिउँसो भारतीय गृहमन्त्री राजनाथ सिंहसंगको भेटमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेका थिए ।

अर्थमन्त्री पौडेलले भारथीय गृहमन्त्री सिंहसंगको भेटवार्तामा भारतले लगाएको नाकाबन्दी खुलेसंगै अव नेपालले भारतसंग आर्थिक सम्बृद्धि र विकासको मुद्धामा केन्द्रत रहेर नयाँ ढंगले सम्बन्ध बिस्तार गर्न चाहेको बताएको अर्थमन्त्रीका स्वकीय सचिव यमराज पण्डेले जानकारी दिए ।

भेटवार्तामा भूकम्प र नाकाबन्दीपछिको आर्थिक अवस्थाबारे कुराकानी भएको थियो । अर्थमन्त्री पौडेलले भूकम्पपछिको पूनःनिर्माणमा भारतको सहयोगको अपेक्षा गर्नुभएको थियो ।

जवाफमा भारतीय गृहमन्त्री सिंहले नेपालसंगको सम्बन्ध साथै बिकासको साझेदार बन्न भारत तयार रहेको प्रष्ट पार्नुभएको अर्थमन्त्रीका स्वकीय सचिव पाण्डेले जानकारी दिए ।

अर्थमन्त्री पौडेलले दिल्लीमा रहँदा भारतीय समकक्षी अरण जेट्ली, परराष्ट्रमन्त्री सुष्मा स्वराज लगायतसंग भेट गर्ने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment