Comments Add Comment

मन्त्रीका नातीले हतार हतार किन गरे घोडासँग बिहे ?

ghoda sanga biheआफ्नो पाँच वर्षका छोराले आफ्नो बिहे घोडासँग गराइदिन माग गरेपछि उनका बाबुआमा तिनछक परे ।सुरुमा त केही सोँच्न पनि सकेनन्, लाजले भुतुक्क भए र छोरालाई हकारे पनि ।

अमेरिकाको लुसियानास्थित कोस्टाका ५ वर्षीय गेब बुसले गत शनिवार आफ्नै घरमा पालेको एक घोडीसँग बिहे गरे ।

बटरबल नामक त्यो घोडीलाई हजुरबाले गर्भाधानका लागि घोडा फार्ममा पठाउने थाहा पाएपछि उनले यस्तो निर्णय लिएका थिए ।

उक्त घोडी घोडाफार्ममा गएर बच्चा समेत पाएर आउने थाहा पाएपछि उनलाई आफु उक्त घोडीको पति हुने इच्छा जाग्यो । अर्थात् घोडीको भावी बछेडाको पिता बन्ने उनलाई मन लागेछ ।

विचरा ती बालकलाई बच्चा जन्माउनका लागि घोडीलाई भाले घोडासँग समागम गर्नुपर्छ भन्ने के थाहा ? उनले घोडीलाई आफुसँग बिहे गरेर मात्र फार्ममा पठाउन परिवारसँग माग गरे र घेाडीको भावी सन्तानको पिता आफु नै हुनुपर्ने जिद्दी गर्नथाले ।

आफुले बिहे गरेपछि उक्त प्यारो घोडी आफुलाई छाडेर कहिल्यै नजाने र पुनः फर्केर आउने विश्वास उनको थियो ।

बच्चाको जिद्दीका अघि कसैको केही लागेन । अन्ततः परिवाजन तथा आफन्तहरु मिलेर बुस र बटरबलको बिहे गरिदिए ।
गेबका हजुरबा रिचार्ड लोगन सिनियर स्थानीय मन्त्री पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment