Comments Add Comment

फिल्म हेर्दा हलमै निदाउने पशुपतिले फिल्मकै गीत गाउँदा…

pashupati sharma_1


काठमाडौ । चलचित्र प्रेमगीतको ‘यता माया बसेको धेरै भो …’ बोलको गीतमा स्वर दिएका पशुपति शर्मालाई केही निर्माताले फोन गरेर भनेका छन् ‘मेरो फिल्ममा पनि गाइदिन पर्छ है ।’

लोकगीतमा केन्दि्रत रहँदै आएका पशुपतिले चलचित्रमा पहिलोपटक निर्मल शर्मा निर्देशित ‘ब्रासलेट’ मा स्वर दिएका थिए । ठेट नेपाली शब्द भएको गीत मात्रै गाउने गरेका पशुपतिलाई ब्रासलेटको भाका र शब्दले तानेको थियो ।

उनी भन्छन् ‘खासमा चलचित्रको गीत मेरो रोजाईको विषय होईन ।

तर, ब्रासलेटमा लम्जुङको ठाडो भाका रहेछ त्यसैले तान्यो ।’

कुनै पनि फिल्ममा गाउनुअघि शब्द पढ्ने, भाका सुन्ने र आफुलाई सुहाउछ कि सुहाउदैन विचार गर्ने वानी छ रे उनको ।

हलमा निदाउँछन्

गायनमा सक्रिय पशुपतिलाई फिल्मको उतिसारो सोख छैन । फिल्म हेरेर मनोरञ्जन लिने कुरा उनको मनमा आउदै आउदैन । ‘म त हलमा गएपछि भुसुक्कै निदाउछु । त्यहि भएर भरसक फिल्म हेर्न जान्न,’ पशुपतिले भने ।

नेपाली, हिन्दी, अंग्रेजी कुनै पनि भाषाको फिल्मप्रति उनको रुची छैन । १५ वर्षअघि तुलसी घिमिरेको निर्देशनमा बनेको दर्पणछाँया हेर्न हलमा गएका थिए । त्यसपछि विचमा एउटा फिल्म हेर्न गए । अहिले नामै भुलेछन् ।

pashupati-sharma

‘एउटा फिल्म हेर्न भनेर हलमा गएको थिए । मस्तले निदाएर आएँ फिल्मको नामै थाह छैन,’ उनी हाँस्दै भन्छन् ।

पछिल्ला दुई फिल्म गोर्खापल्टन र परदेशी हेर्दा भने उनी निदाएनन् । पशुपतिका अनुसार यो फिल्म हेर्दा ननिदाउनुको दुईवटा कारण थिए । उनले सुनाए, ‘पहिलो त सिनियर दाजु नारायण रायमाझीको निम्तोमा फिल्म हेर्न गएको थिएँ । दोस्रो, दुवै फिल्म लोकगीतसँग जोडिएका थिए ।

फिल्म हेर्न नरुचाउने पशुपति टिभी भने असाध्यै हेर्छन् । फुर्सदमा उनी या टिभी हेर्छन् या किताब पढ्छन् । उनी नेपाली फिल्म, गीत र साहित्य व्यापक चल्नुपर्ने मान्यता राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment