Comments Add Comment

पुत्रलाभ भएको भुटानी राजारानीलाई राष्ट्रपति भण्डारीको बधाई

Bhutan royal couple

२४ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकलाई एक सन्देश पठाएर बधार्इ दिएकी छन् ।

पहिलो सन्तान प्राप्त भएकामा बधाई दिएकी हुन् । सन्देशमा राष्ट्रपति भण्डारीले राजा वाङचुक र रानी तथा भुटानी जनतालाई नेपाल सरकार र जनताका तर्फबाट बधाई दिएको उल्लेख छ ।

राष्ट्रपतिले अधिराजकुमार थे ग्याल्सेलाई पनि सुखी जीवनको कामना गरेकी छन् ।

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकको पहिलो सन्तानको रूपमा गत शुक्रबार थे ग्याल्से जन्मिएका थिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment