Comments Add Comment

इनरिकेको १०० औं खेलमा बार्सिलोना विजयी

Luis Suarez

२५ माघ, काठमाडौं । लुइस इनरिकेको प्रशिक्षणमा खेलेको १०० औं खेलमा बार्सिलोना विजयी भएको छ ।

आइतबार राति भएको खेलमा लेभान्टेलाई २-० ले पराजित गर्दै बार्सिलोनाले ला लिगामा ३ अंकको अग्रता कायमै राखेको छ ।

लेभान्टेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले उपहार गोलबाट अग्रता लिएको थियो । २१ औं मिनेटमा अल्बाको क्रस क्लियर गर्ने क्रममा नाभारोले आफ्नै पोष्टमा गोल गरे ।

खेलको अन्तिममा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाएका छन् । स्पेनिस ला लिगामा स्वरेजको यो सिजनको २० औं गोल हो ।

जितपछि बार्सिलोना २३ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ५१ अंक छ ।

गर्नाडालाई २-१ ले पराजित गर्दै रियल मड्रिड ५० अंकसहित तेस्रो स्थानमा छ । तर, एथ्लेटिको र रियल मडि्रडले एक खेल बढी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment