Comments Add Comment

रक्सौल नाका खुले पनि इन्धन अझै एक सातापछि मात्र सहज हुने

Nepal-Oil२५ माघ, काठमाडौं । लामो समयपछि शुक्रबारदेखि रक्सौल नाका खुले पनि प्राविधिक कारणले गर्दा तत्काल पर्याप्त इन्धन आपूर्ति गर्न असहज हुने नेपाल आयल निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनले पर्याप्त परिमाणमा इन्धन उपलब्ध गराउमा साता आठ दिनपछि मागअनुसार रक्सौल नाकामार्फत आपूर्ति गर्न सकिने निगमको भनाइ रहेको आजको अन्नपूर्णमा समाचार छ ।

निगमका कार्यकारी निर्देशक गोपाल खड्काका अनुसार रक्सौल नाका खुले पनि आइओसीले निगमको मागअनुसार इन्धन उपलब्ध गराउनेगरी आश्वस्त बनाउन सकेको छैन ।

लामो समयदेखिको नाकाबन्दीका कारण इन्धन आपूर्ति गर्न नेपाल र भारतीय पक्षले अपनाउँदै आएका सम्पूर्ण संयन्त्र भत्किसकेको र आईओसीले भरपर्दो आश्वासन नदिएकाले तत्कालै मागअनुसार इन्धन भित्र्याउन नसकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment