Comments Add Comment

भूकम्पपीडितले ट्याक्सी पाएनन्

deluxe-taxis-for-kathmandu२५ माघ, काठमाडौं । सरकारले नयाँ ट्याक्सी दर्ता खुला गर्दा भूकम्पपीडित परिवारका लागि कोटा छुट्याए पनि उनीहरुले अझै अनुमति पाएका छैनन् ।

असारमा ट्याक्सी दर्ता खोल्दा भूकम्पपीडितका लागि ५०० कोटा छुट्याइएको थियो । आजको कारोबार दैनिममा समाचार छ ।  तर, नयाँ दर्ता सुरु भएको ३ महिना नाघिसक्दा पनि भूकम्पपीडितले पाउने सुरसार छैन । अर्कातिर कोटा बढाएर १ हजार पुर्‍याउन यातायात व्यवस्था विभागले मन्त्रालयलाई आग्रह गरेको छ ।

‘भूकम्पपीडितलाई राहत पुसगोस् भनेर नयाँ ट्याक्सी दर्ता खोल्दा ५०० कोटा छुट्याइए पनि त्यो अपर्याप्त छ’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने ‘भूकम्पमा ८ हजार भन्दा बढीले ज्यान गुमाएकाले ५ सय ट्याक्सी दर्ता गर्न दिँदा ज्यादै थोरै हुने भएकाले कोटा बढाउन मन्त्रालयलाई आग्रह गरेका हौँ ।’

सरकारले असारमा १ हजार ८५० नयाँ ट्याक्सी दर्ता प्रक्रिया अघि बढाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment