Comments Add Comment

आठ लाखमा बिक्छ डाक्टरको सर्टिफिकेट

Doctor२५ माघ, काठमाडौं । इटहरीस्थित पशुपति मोडल हस्पिटल एन्ड रिसर्च सेन्टरका डाक्टर पशुपति चौधरीले पटना मेडिकल कलेजबाट आठ लाखमा एमबिबिएस प्रमाणपत्र खरिद गरेको पुष्टि भएको छ । चौधरीले पनि आरोप स्विकार गरेको आजको नयाँ पत्रिकामा समाचार छ ।

‘अरुले एमबिबिएस पढ्न प्लस टु र एसएलसीको नक्कली प्रमाणपत्र बनाएका थिए, चौधरीको त एमबिबिएसकै प्रमाणपत्र नक्कली भएको खुलेको छ,’ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक डिआइजी हेमन्त मल्लले भने ।

पक्राउ परेका १३ मध्ये केहीको एमबिबिएसकै प्रमाणपत्रसमेत नक्कली रहेको मल्लले बताए । यसअघि प्रहरीले एसएलसी र प्लस टु तहको परीक्षा मात्र नककली भएको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment