Comments Add Comment

महिला पनि पाकेटमार्न सक्रिय

pocketmar२५ माघ, काठमाडौं। पाकटमारमा संलग्न दुई महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोठाटार बस्ने काभ्रे पनौतीकी कान्छीसिंह परियार,ओखलढुंगाकी दीपा घिमिरे र कोटेश्वर बस्ने भोजपुर ब्यौलीका श्यामकुमार दाहाल रहेको आजको नागरिक दैनिकमा समाचार छ ।

उनीहरुले साँखु शंखरापुर बसपार्कमा पाकेट मारिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो  । प्रहरीले परियारको साथबाट नगद ३५ हजार पाँच सय ९२ रुपैयाँ, टप दुई थान , बाला दुई थान, झुम्का एक थान, लेडिज व्यगा १ थान, घिमिरेका साथबाट ४७ हजार सात सय १४ रुपैयाँ, मोबाइल एक थान , अमेरिकी डलर २, युएई दिराम २५, हङकङ डलर पाँच सय बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment