Comments Add Comment

मोर्चामा खलबली

Madhesi-Morcha-leaders२५ माघ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तीन नेताबीच बिहारको राजधानी पटनामै वीरगन्ज नाका तत्काल खोल्ने अनौपचारिक सहमति भएपनि औपचारिक निर्णय नहुँदै नाका खुल्यो ।

मोर्चाको औपचारिक निर्णय नहुँदै वीरगन्ज नाका खेलेको श्रेय मोर्चा घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पाएकोमा मोर्चाभित्र खलबली मच्चिएको आजको नागरिक दैनिकमा समाचार छ ।

शनिबार मोर्चाको बैठक बसेर तत्कालका लागि वीरगन्ज नाका खोल्ने कि चारै शीर्ष नेता पूर्व घोषित चार नाकामा धर्ना बस्ने भन्ने सम्बन्धमा पटनामै तीन नेताबीच अनौपचारिक कुराकानी भएको मोर्चास्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment