Comments Add Comment

मतपत्र लुटिएपछि अन्योलमा कांग्रेस अधिवेशन

२५ माघ, काठमाडौं । संस्थापन पक्षले धाँधली गरेको आरोप लगाउँदै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले रुकुमा छापिँदै गरेका मतपत्र लुटेपछि क्षेत्रीय र जिल्ला अधिवेशन रोकिएको छ ।

Congress-Flagजिल्ला अधिवेशन सोमबारका लागि तोकिए पनि क्षेत्रीय अधिवेशन नभएकाले स्थगित हुने निश्चित भएको आजको नयाँ पत्रिकामा समाचार छ ।

सदरमुकाम खलंगाको राप्ती अफसेट प्रेसमा छापिँदै गरेको २ नम्बर क्षेत्रका तीन सयमतपत्र देउवा पक्षले लुटेर लगेको संस्थापन पक्षको आरोप छ । संस्थापन पषबाट विल्ला सभापतिका उम्मेदवार प्रेमप्रकाश ओलीले देउवा पक्षले मतपत्र लुटेको आरोप लगाए ।

देउवा पक्षले भने मतपत्र लुटिएको नभई सुरक्षित राखेको जनाएको छ । देउवापक्षीय नेता नन्द विष्ठले आफूहरुले मतपत्र लुटेको नभई सुरक्षित राखेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment