Comments Add Comment

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको लस भेगास च्याप्टर गठन

अमेरिका । अमेरिकाको नेभाडा राज्यको लस भेगासमा अन्तर्राष्ट्रिय नेपाली  साहित्य समाजको च्याप्टर गठन भएको छ  ।  समाजका केन्द्रिय अध्यक्ष पदम विश्वकर्माको प्रमुख आतिथ्यमा आयोजित भेलाले साहित्यकार कृष्ण  कुसुमको अध्यक्षमा आठ सदस्यीय अनेसास लस भेगास च्याप्टर  गठन गरेको हो ।

च्याप्टरका उपाध्यक्षमा राजु रसाइली, सचिबमा सांगे तामाग र कोषाध्यक्षमा जानुका बस्नेत रहेका छन् भने सदस्यमा सुक सेन्चुरी, कृष्ण रसाइली, बिमला गुरुङ, अर्जुन मगर र टीकाराम मगर रहेका छन् ।  भेलाले बिबिध साहित्यिक तथा सांगीतिक कार्यक्रम पनि सम्पन्न गरेको छ ।

साङ्गे तामाग, मनोज मगर लगायतका स्रस्टाले साहित्यिक रचना वाचन गर्नुका साथै गायक राजु रसाइलीले भजन, गीत र गजÞल वाचन गरिएको उक्त कार्यक्रममा अन्य राज्यबाट उपस्थित भएका लोक गायक रामप्रसाद खनाल,साहित्यकार बासु सत्याल, कल्पना सत्याल, कमला विश्वकर्मा लगायतको पनि सहभागिता  रहेको थियो ।

कार्यक्रमका समाजका केन्द्रिय अध्यक्ष पदम विश्वकर्माले समाजको उदेश्य, गतिबिधि तथा कार्यक्रम र भावी दिनका लक्ष्य माथि प्रकाश पार्दै नव गठित च्याप्टरका सदस्यहरुलाई  बधाई तथा शुभकामना सहित समाजको आजीवन सदस्यताको प्रमाण पत्र र ब्याच प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment