Comments Add Comment

गाउँमा खेल मैदान बनाउँन प्रवासबाट, कस्सिए वागलुङका युवाहरु

khel maidanप्रकाश ढकाल
कोपनहेगन । गाउँको स्थानीय विकासको लागि संधै सरकारको मुख ताक्नु पर्छ भन्ने भनाइलार्इ गलत मान्दै वागलुङ तित्यांग गाउँ बिकास समितिका युवाहरु खेल मैदान बनाउन लागि परेका छन् । वागलुङ नगरपालिकासँग झोलुङ्गे पुलले जोडिएको यो गाविसमा स्तरिय खेल मैदानको अभावमा खेलकुद गतिविधि सञ्चालन गर्न समस्या पर्दै आएको थियो ।

यो अभियानमा उक्त गाउँबाट रोजगारीको लागि विदेश गएका युवाहरुको विशेष सक्रियता देखाएका छन् ।  उनीहरुको सक्रियतामा हाल करीब पच्चीस लाख रुपैयाँ जम्माभै सकेको छ । युवाहरुको सक्रियता पश्चात वयस्क र बृद्धहरुले पनि साथ दिइरहेका छन् ।

बिकासको लागि युवा र युवाको लागि खेलकुद  यही भनाईलाई अत्मसाथ गर्दै खेल मैदान बनाउन भनेर रोजगारीका निम्ति अाफ्नो जन्मभूमी र परिवारलाई छोडेर विदेशिएकाहरुले दुस्खजिलो गरेरै भएपनी रकम जम्मा गरेका छन् ।

बाग्लुङ जिल्लाको सदरमुकाम वागलुङ नगरपालिका र वागलुङ बजारसँगै को गाबिस भए पनि भौतिक बिकास तथा खेलकुदको विकासका लागि जिल्ला तहबाट अपेक्षा गरेजस्तो सहयोग नभएको स्थानियको गुनासो रहेको छ । बिगत सात आठ बर्ष पहिले देखि खेलकुद मैदान निर्माण गर्ने हेतुले तित्याङ गा बि स ७ मा अवस्थित आलेखर्क खेलमैदानलाई बिस्तार गर्ने सोच सहित निर्माण कार्य सुरु गरिएता पनि रकम अभावका कारण सम्पन्न गर्न सकिएको थिएन ।

त्यही सोच र अधुरो कार्यलाई पुरा गर्नका निम्ति त्यहाँका युवाहरु जोश र जागरका साथ एकजुट भएर जुर्मुराएका छन । एक थुकी सुकी हजार थुकी नदी भनेझै एक जनाको सोच र बिचारले मात्र यो कार्य सफल नहुने कुरा त्यहाँका युवाहरुले आत्मसात गरेको पाइन्छ । युवाहरु अगाडी बढिसकेकोले अब खेल मैदान बन्ने आशामा त्यहाँका बासिन्दा आशावादी देखिएका छन् ।

तर यो योजना पुरा गर्नु सजिलो भने छैन । आलेखार्कमा हाल रहेको सानो  मैदानलाई सम्माउनु साथै मैदानसँगै जोडिएको भिरालो जमीनको भित्तो फोरेर मैदानको तहमा ल्याउनु कम्ती चुनौती छैन । तर पनि युवाहरु कस्सिएपछि बन्नेमा धेरै आशावादी बन्न सकिन्छ ।

हाल उक्त मैदानमा भलिवल खेल मात्र खेल्न मिल्छ । करिब १ करोड ५० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको यो अभियानमा विदेशमा रहनु हुने खेलप्रेमी तथा समाजसेवी दाजु भाईबाट रकम सन्कलन कार्य तिब्र रुपमा अगाडि बढीरहेको छ ।

हालसम्म कारीब २५  लाख संकलन भैसकेको र सहयोगी हातहरु र आश्वासन दिने साथी भाईहरुको हौसलाले कारण पनि यो अभियान सफल हुने कुरामा सम्पूर्ण दुई मत नभएको डेनमार्कमा रहेका कृष्ण केसीले बताए । विदेशमा बसेर आˆनो व्यक्तिगत स्वार्थ त्यागेर अाफ्नो गाउ र समाजको लागि केही गर्नु पर्छ भन्ने भावनाका साथ अगाडि बढेका युवाहरुको यो अभियान दुबइ, कतार, मलेसिया,साउदी अरब जस्ता देशहरुमा मात्र नभइ अष्ट्रेलिया जापान कोरिया, यूरोपका देशहरु र भारतीय सेनामा जागिर खाने युवाहरुको समेत सहभागीता रहेको छ ।

बिभिन्न सरकारी संस्था,गाविस, जिविस, नगरपालिका साथै विदेशी दाता एवम संघ संस्थाको सहयोगको अपेक्षा समेत गरिएको छ । स्थानिय स्तरका साथै बिदेशमा रहने उक्त गाविसका नेपालीहरुको सहयोग एवम सहकार्यबाट मात्र यो कार्य सफल हुने देखिएको छ ।

केही रकम स्वदेशबाट पनि संकलन हुनेमा यस अभियानमा संलग्न युवाहरु आशावादी देखिएका छन् । उक्त गाविसका विश्वमा धेरै मुलुकमा छरिएर रहेका युवाहरुलाई सामाजिक संजाल फेसबुकले जोड्न धेरै मद्धत गरेकोले यहि संजाललाई अर्थ संकलनको लागि उनीहरुले प्रयोग गरेका छन् जुन निकै उपयोगी देखिएको छ ।

कामको सिलसिलामा हाल कतारमा रहेका सन्तोष थापा संयोजक रहेको अर्थिक सन्कलन अभियानमा अष्ट्रेलियाबाट सुमन खड्का र युरोप बाट कृष्ण केसी लगायतले सक्दो सहयोग गरिरहेका छन् । यस अभियान सफल रहनेमा आँफू ढुक्क रहेको आर्थिक संकलन संयोजक थापाले बताए । थापा आँफैले यस अभियानमा तीन लाख पचास हजार रुपैंया सहयोग गरेर अभियानको शुरुवात गरेका थिए । जुन सबैको लागि हौसला बनेको छ ।

नेपालमा यो अभियानलाई सफल बनाउनको एउटा समिति नै बनेको छ । युवा तथा खेलकुद विकास समिति तित्याङ वागलुङको मुल समितिमा चन्डीप्रसाद शर्मा अध्यक्ष रहेका छन् भने त्यस्तै खेल मैदान निर्माण समितिको अध्यक्ष खिम बहादुर थापा रहेका छन् । यो निर्माण समितिमा अध्यक्ष तथा जमुना श्रीशको नाममा संयुक्त बैंक खाता खोली नेपालमा पनि रकम संकलन कार्य तिब्र रुपमा अगाडि बढिरहेको ।

तित्यांग बासी युवाहरुले शुरुवात गरेको यो अभियान निकै सराहनीय रहेको छ र गाउँको स्थानीय विकासमा विदेशिएका युवाहरुको अभियानले सम्पुर्ण गाउँबासीहरुलाई योगदान पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment