Comments Add Comment

मह जोडीलाई साम्दे शेर्पा स्मृति पुरस्कार

Samde-Puraskar-Madan-hari

काठमाडौं । हाँस्य कलाका मरद्वय दनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई साम्दे शेर्पा स्मृति पुरस्कार प्रदान गरिएको छ ।

मनोज गजुरेललाई साम्दे शेर्पा प्रतिभा पुरस्कार र पासाङ टी शेर्पालाई स्मृति पुरस्कार प्रदान गरिएको छ ।

मह जोडीलाई नगद ३१ हजार रुपैयाँ एवं ट्रफी र गजुरेल र शेर्पालाई १० हजार १११ प्रदान गरिएको छ ।

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा आयोजित कार्यक्रममा पुरस्कार छनौट समितिका सदस्य वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले उक्त पुरस्कार राष्ट्रियस्तरका कलाकारलाई मात्र प्रदान गर्नुभन्दा पनि सिमान्कृत समुदय शेर्पा समुदायका प्रतिभाशाली व्यक्तिलाई प्रदान गर्दा प्रोत्साहन बताए ।

शेर्पाका पुराना मित्र हाँस्य कलाकार राजाराम पौडेलले अमेरिकामा पछिल्लोपटक भेट हुँदाको स्मरण गर्दै लामो समयसम्म फोन वार्ता हुने गरेको कुरा बताए ।

कार्यक्रममा हास्य कलाकार वसुन्धरा भुषाल, लोकनाथ ढकाल, नेपाल शेर्पा संघका अध्यक्ष एडी लामा, पूर्व सभासद वाङछे शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पालगायत शेर्पा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment