Comments Add Comment

आज ४६ देखि ६० लटका मोटरसाइकलले तेल पाउँदै (पम्पको सूचीसहित )

Petrol Line (6)
२५ माघ, काठमाडौं । सोमबार काठमाडौं र आसपासका क्षेत्रमा निजी मोटरसाइकलका लागि पेट्रोल वितरण हुँदैछ । नेपाल आयल निगमले आज ४६ देखि ६० नम्बर लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्दैछ ।

यसअघिका लटका मोटरसाइकलले ३ लटमा पेट्रोल पाइसकेका छन् । शुक्रबार ३१ देखि ४५ नम्बर लटका मोटरसाइकल र स्कुटरले तेल पाएका थिए ।

फेरि आउँदो बुधबार ६१ भन्दा माथिका लटका मोटरसाइकललाई तेल भर्न दिने निगमले जनाएको छ ।  आज काठमाडौंका ४४ वटा पम्पबाट निजी मोटरसाइकल र स्कुटरले ५ लिटरका दरले तेल वितरण हुँदैछ ।

सोमबार टेकुको नेशनल ट्रेडिङ, सानेपाको इन्द्रायणी, बसुन्धराको महालक्ष्मी र हल्चोक पम्पबाट जोर नम्बरका ट्याक्सीले समेत तेल भर्न पाउनेछन् ।

यस्तै ठिमीको गुह्येश्वरी पम्पबाट हरियो नम्बर प्लेटका ट्याक्सीका लागि पेट्रोल  वितरण भइरहेको छ । पेट्रोल भर्न जाने सवारीको ब्लु-बुक अनिवार्य रुपमा नवीकरण भएको हनुपर्नेछ । बिहान ९ बजेदेखि नै पम्पहरुमा तेल वितरण सुुरु भएको आयल निगमले जनाएको छ ।

आज वितरण हुने तेल हिजो नै पम्पमा ल्याइएको थियो । आयल निगमले लट तोकेर कार र मोटरसाइकललाई नियमित रुपमा तेल दिइरहेको छ  ।

यसलगत्तै मौज्दातको अवस्था हेरेर कारलाई पनि पेट्रोल दिने आयल निगमको योजना छ ।

सोमबार निजी मोटरसाइकललाई पेट्रोल वितरण हुने पम्पको सूची
ms-bike-25-1ms-bike-25-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment