Comments Add Comment

सलमानलाई अनुष्काको थप्पड

salman-and-anuska
केही हप्ता अगाडि मात्र सलमान खान अभिनित चलचित्र ‘सुल्तान’मा अनुवन्धित भएकी नायिका अनुष्का शर्मा अहिले चर्चामा छिन् । क्रिकेटर विराट कोहलीसँगको ब्रेकअपले त उनलाई चर्चामा ल्याइदिएको छ नै, सलमान खानको लीडिङ लेडी भएपछि पनि उनको चर्चा बढेको हो ।

उनै अनुष्काले सलमान खानलाई थप्पड हानिन् भन्दा के तपाई पत्याउनुहुन्छ ? रियल लाइफमा त यो संभव हुने कुरा नै भएन । तर, सलमान खानको हकमा कुरा गर्ने हो भने यो रिल लाइफमा पनि संभव हुने कुरा होइन । किनकी, सलमान चलचित्रको पर्दामा पनि यसरी कुटाई खासै खाँदैनन् । एकैपटकमा दर्जन खलपात्रलाई लडाउने बडीगार्डले नायिकाको हातबाट थप्पड खाने दृश्य कसरी छायांकन गरे होलान्, यो आफैमा रोचक छ । अनुष्काले सलमानको गालामा थप्पड हानेको बलिउड मिडियाले जनाएका छन् । यो दृश्य चलचित्रका लागि विशेष हुनेछ ।

अली अब्बास जफरको निर्देशनमा बनिरहेको यो चलचित्रमा सलमान रेसलरको भूमिकामा देखिएका छन् । चलचित्र भित्र सलमानका विभिन्न रुप देख्न सकिनेछ । यही चलचित्रका लागि सलमानले कडा मिहिनेत पनि गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment