Comments Add Comment

चीनको प्राथमिकता नेपाल हो कि भारत ?

rabindra adhikari (8)

रविन्द्र अधिकारी

नेपाली जनताले आफ्नो संविधान आफैं बनाएकोमा मधेसको असन्तुष्टि र असुरक्षालाई देखाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगायो । भूकम्पको घाउमा खाटो बस्न नपाउँदै हामीमाथि नाकाबन्दीजस्तो अत्यन्तै क्रुर अत्याचार गरियो । भारतले हामीलाई दुःख दिइरहँदा चीनले हामीलाई सहयोग गर्‍यो त ? अहिले हाम्रो मनमा यो प्रश्न उब्जिएको छ ।

वास्तवमा हामीले एकैचोटि भारत र चीन दुबैको नाकाबन्दी खेप्नुपर्‍यो । तातोपानी नाका ५२ वर्ष अघिदेखि सञ्चालनमा आएको हो । भारत बाहेकको अर्को देशसँगको नेपालको पहिलो नाका हो यो । त्यहाँ वर्षमा १ खर्ब ६०/७० अर्ब रुपैयाँ बराबरको व्यापार हुन्छ । ६/७ अर्ब रुपैयाँ राजस्व सञ्चालन हुन्छ ।

भूकम्पले तातोपानी नाका अवरुद्ध बनाएको थियो । हामीमाथि भारतले नाकाबन्दी लगाउँदा किन चीनले तातोपानी नाका खोलेर हामीलाई सहयोग गरेन ? बनाउन सकिने नाका चीनले किन बनाइदिएन ?

चीनले हामीलाई हेलिकोप्टरबाट सामान पठाइदिउँ कि कहाँबाट सहयोग गरौं भन्यो । तर, सहज बाटो तातोपानी नाका नखोल्दा हामीले चिनियाँ नियतमाथि शंका गर्नैपर्छ । हामीलाई संकट पर्दा चीनले पनि संवेदनशीलता देखाएन । अझ भनूँ दिल खोलेर सहयोग नगरेकै हो ।

भारतले नाकाबन्दी गरेपछि नेपाल सरकारले चीनलाई तीन/चार पटक तातोपानी नाका खोल्न आग्रह गरेको रहेछ । तर, चीनले पटकपटक हामी तातोपानी नाका खोल्न सक्दैनौं भन्ने जवाफ दिएको रहेछ ।

तातोपानीको विकल्पका रुपमा केरुङबाट सहयोग गर्ने चीनले प्रस्ताव गर्‍यो । तर, त्यहाँ पूर्वाधार बनिसकेको छैन । पूर्वाधार भएको नाका रोक्ने अनि अर्को नाका खोलाैं भनेर भन्ने चिनियाँ भनाइले नेपालीको मनमा के भयो होला ?  मेरै मनमा आयो कि हामीलाई यत्रो अफ्ठ्यारो परिरहेको छ । तर, तातोपानी नाका बन्द छ, किन ?

दुई/चार ट्यांकर इन्धन पठाइदिनु, यस्तो सहयोग गर्छौं, उस्तो सहयोग गर्छौ भन्दै होहल्ला गर्नुमात्रै ठूलो कुरा होइन । चीनले दीर्घकालीनरुपमा तातोपानी सञ्चालन गर्न चाहँदैन थियो भने पनि तत्कालका लागि भने नेपाललाई सहयोग गर्ने उद्देश्यले नै खोल्न त सक्थ्यो नि ।

संसदको विकास समितिको टोली मेरै नेतृत्वमा तातोपानीको स्थलगत निरीक्षणमा गयौं, अन्य विभिन्न नाकाहरुमा पनि गयौं । र, सम्भाव्य नाकाहरुमा पनि पुग्यौं । भारतले नाकाबन्दी गरेपछि नेपाल सरकारले चीनलाई तीन/चार पटक तातोपानी नाका खोल्न आग्रह गरेको रहेछ । तर, चीनले पटकपटक हामी तातोपानी नाका खोल्न सक्दैनौं भन्ने जवाफ दिएको रहेछ ।

संसदको विकास समितिको स्थलगत अध्ययनले के देखायो भने चीन सरकारले गर्‍यो भने तत्कालै तातोपानी नाका सुचारु गर्न सकिन्छ । तर, गर्ने कि नगर्ने ? हामीले त्यही अनुसारको रिपोर्ट दियौं । परराष्ट्रमन्त्री चीन भ्रमणमा जानुभन्दा अघि हामीले रिपोर्ट सार्वजनिक गरेकाले त्यसले एउटा जनमत सिर्जना गर्‍यो ।

परराष्ट्रमन्त्रीको भ्रमणमा चीनले हामी तातोपानी नाका खुलाउँछौं भन्यो । तर, आजसम्म पनि चीनले केही काम गरेन । अहिलेसम्म नाका खुलेको छैन । अहिले अस्थायीरुपमा चलाउनको निम्ति कुनै कठिनाइ नै छैन । खासै खर्च पनि लाग्दैन ।
उसले खासाबाट बस्ती सारेको छ । त्यो कठिनाइ हामीले पनि बुझ्नुपर्छ । उनीहरुको अप्ठ्यारो हामीले बुझ्नुपर्छ र बुझिरहेकाछौं भने हाम्रो अप्ठ्यारो उसले बुझ्नुपर्छ कि पर्दैन ? छिमेकी भएको नाताले ।

भारतले चीनलाई नेपालमा सहयोग नगर्न दबाव दिएका कारण चीनले हामीलाई दिल खोलेर सहयोग नगरेको पनि हुन सक्छ । भारत चीनलाई दबाब दिनसक्ने हैसियतमा छ किनभने उ चीनको निकै ठूलो ‘क्लाइन्ट’ हो ।

व्यक्तिगतरुपमा म नेपाल र भारत अनि नेपाल र चीनबीच अत्यन्त्यै सुमधुर सम्बन्ध हुनुपर्छ भन्ने बिचार राख्ने मान्छे हुँ । कतिपयले कम्यूनिष्ट भएकाले प्रो चाइनिज पनि भन्लान् । तर, त्यस्तो व्यक्ति होइन ।

चीनले नेपाललाई इन्धन दिँदा भारतले होसियारीका साथ पूरा कर लिएर मात्रै तेल देउ, अन्तराष्ट्रिय प्रक्रिया पुर्‍याएर गर, नत्र हामी तिम्रो सामान किन्दैनौं भनेर दबाव दिएको पनि हुन सक्छ । अहिलेको दुनियाँमा व्यवारिक स्वाथ्र्यले धेरै काम गर्छ ।

त्यसैले भारतले नाकाबन्दी लगाइरहेको अवस्थामा चीनले तातोपानी नाका नखोल्नुलाई हामीले बाघ पनि कराउनु र सिँगारी पनि हराउनुको रुपमा आशंका गर्न सकिन्छ । संयोगमात्रै हो कि मौका हो । अर्थात् चीनले नेपालमा कुनै राजनीतिक दबाव दिनका लागि नाका नखोलेको हो ? यावत प्रश्नहरु छन् ।

व्यक्तिगतरुपमा म नेपाल र भारत अनि नेपाल र चीनबीच अत्यन्त्यै सुमधुर सम्बन्ध हुनुपर्छ भन्ने बिचार राख्ने मान्छे हुँ । कतिपयले कम्यूनिष्ट भएकाले प्रो चाइनिज पनि भन्लान् । तर, त्यस्तो व्यक्ति होइन ।

अबको दुनियाँमा नेपाल र चीन अनि नेपाल र भारतको संकीर्ण सम्बन्धको मात्रै कुरा गर्नुहुँदैन । हामी चीनसँग सम्बन्ध बनाउँदा भारत रिसाउला कि भन्नुपर्दैन किनभने हामीभन्दा राम्रो सम्बन्ध भारत र चीनबीच छ ।

नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए, उनलाई अमेरिका र यूरोपले भिसा नदिँदा चीनले रातो कार्पेट बिछ्याएर स्वागत गर्‍यो । चीन र भारत मिलिसके । तर, भारत रिसाउँछ कि भन्दै हामीचाहीँ चीनसँग सम्बन्ध गाँस्न डराउनु भनेको अत्यन्त्यै दुर्भाग्यपूर्ण कुरा हो । हामीले पनि हाम्रा कुरामा अडान लिन सक्नुपर्छ ।

अब हामीले पूर्णरुपमा भारतसँग छोडेर चीनसँग जानेभन्दा पनि चीनसँग पनि व्यापार विस्तार गर्नेतर्फ सोच्नुपर्छ

अबको संसारको राजनीतिक सम्बन्ध भनेको एक आपसमा निर्भर रहने सम्बन्ध हो । भारतसँगको विषेश सम्बन्ध फेजआउट भइसक्यो । तर, हामीले चीनसँग पनि चाहिने जति सम्बन्ध विकास गर्न सकेका छैनौं ।

चीनको बारेमा जानकार हुँ भन्नेहरु चीनले नेपाललाई विश्वास नै नगरेको ठान्छन् । भारतसँगको नेपालको सम्बन्ध भोलि सुध्रिन्छ र त्यसबेला हामीलाई नेपालले धोका दिन्छ भन्छन् । होला, हाम्रो सरकारले दृढतापूर्वक चीनसँगको सम्बन्ध अगाडि बढाउन सकेन । दबाव छ होला, तर अब सक्नुपर्छ । २१ औं सताब्दीमा एउटासँग मात्रै निर्भर भएर हुँदैन । आखिर सन्दर्भ पनि त बदलिएको छ नि ।

आजभन्दा ७०/८० वर्षअघि हाम्रो सम्बन्ध भोटसँगै त थियो नि । दक्षिणी इलाकामा आैलो लाग्थ्यो त्यसैले ठूलो व्यापार तिब्बतबाटै हुन्थ्यो । जब तपाईमा सडकको विकास भयो । तब भारतसँगको सहज पहुँच भयो र अधिकांस व्यापार भारतसँग हुन थाल्यो । अब हामीले पूर्णरुपमा भारतसँग छोडेर चीनसँग जानेभन्दा पनि चीनसँग पनि व्यापार विस्तार गर्नेतर्फ सोच्नुपर्छ । १०० किलोमिटर बाटो जोड्दा भारत चीनबीचको पुल बन्ने अवसर छ नेपालमा । र, हामीले त्यसबाट लाभ लिनुपर्छ ।

यदि यही संकट भारत र चीनलाई परेको भए उनीहरुको अवस्था के हुन्थ्यो होला ? भूकम्प र नाकाबन्दीका कारण हाम्रो देश अत्यन्त्यै नाजुक अवस्थामा पुगिसेकको छ । आर्थिक वृद्धिदर २ प्रतिशतभन्दा कम हुने पक्कापक्की छ । यस्तो अवस्थामा हाम्रो अर्थतन्त्रले संघीयताको व्यवस्थापन कसरी गर्न सक्छ ? र, गणतन्त्रको संस्थागत कसरी हुन्छ भन्ने महत्वपूर्ण प्रश्न उब्जाएको छ ।

यो वा त्यो बहानामा भएका यी खेलहरु संघीयता र गणतन्त्रलाई समाप्त पार्नेतर्फ केन्दि्रत छन्, त्यसैले हामी सजग हुनु अत्यावश्यक छ ।

( पुष्प दुलालसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment