Comments Add Comment

१६ बर्षीया निमाले सागमा नेपाललाई दिलाइन् पहिलो स्वर्ण

Nima-Thapa-magar

सन्देश श्रेष्ठ

२५ माघ, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबार नेपालले पहिलो स्वर्ण पदक जितेको छ । उसुको नान्ताओउतर्फ १६ बर्षीया निमा घर्तीमगरले नेपालका लागि पहिलाे स्वर्ण पदक दिलाएकी हुन् ।

आइतबार भएको पहिलो चरणमा उनले ८.४५ र सोमबार भएको दोश्रो चरणमा ८.४६ कुल १६.९१ अंक प्राप्त गर्दै उनले स्वर्ण जितेकी हुन् ।

यो स्पर्धामा भारतले रजत र पाकिस्तानले काश्य पदक प्राप्त गरेको छ ।

को हुन् निमा ?

रुकुम घर भएकी निमा ललितपुरको ग्वार्कोमा बस्छिन् । उनी डनबस्को बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छिन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।

निमाले देशका लागि पहिलो स्वर्ण पदक दिलाउन सकेकोमा आफूलाई एकदमै गर्व लागेको बताइन् ।

उनले यो पदक गुरु, स्कुलका शिक्षक, अभिभावक र सम्पूर्ण नेपालीप्रति समर्पण गर्ने बताइन् । उनले भनिन्, ‘एसएलसी नजिक आइरहँदा पनि मलाई मेरो अभिभावक र स्कुलले खेल खेल्ने वातावरण बनाइदिए, अनि गुरुले सँधै प्रशिक्षण र प्रेरणा दिनुभयो जसले मलाई यो पदक दिलायो ।’

युवराज थापाले जिते रजत

यस्तै, उसुको नानकुन तर्फ पनि सोमबार एक रजत पदक प्राप्त गरेको छ । सोमबार भएको प्रतिष्पर्धामा नेपालका युवराज थापाले रजत पदक जितेका हुन् ।

उनले पहिलो चरणमा ८.८८ र आज भएको दोश्रो चरणमा ९.२१ सहित कुल १८.१३ अंक प्राप्त गर्दै रजत पदक दिलाएका हुन् ।

आजको प्रतिष्पर्धामा सबैभन्दा धेरै अंक प्राप्त गरेपनि हिजोको प्रतिष्पर्धामा केही अंक कम भएकाले आज रजतमा चित्त बुझाउनु परेको हो । उनको भन्दा ०.७ अंकले अघि रहेको भारतले स्वर्ण पदक जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment