Comments Add Comment

मगर संघ कतारका रबी मगरको बिदाई

दोहा । नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृतिक बिभाग संयोजक रबि पुलामी मगरलाई संस्थाले बिदाई तथा सम्मान गरेको छ । आफ्नो कतारको बसाइँलाई बिट मार्दै नेपाल फर्कने तयारीमा रहेका मगरलाई शुक्रबार ओर्कामा आयोजित एक कार्यक्रममा बिदाई गरिएको हो ।

कतारमा रहेर क्रियाशिल रुपमा संस्थामा गरेको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई खादा तथा दोसल्ला ओढाएर सम्मान गरियो । संस्थाको तर्फबाट मायाको चिनो तथा कदर पत्र पनि प्रदान गरिएको थियो ।

रबि पुलामी मगर नेपाल फर्कने भएपछि कला तथा सांस्कृतिक बिभागको उपसंयोजक गायत्री पुनमगर कार्यवाहक संयोजकको जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा बोल्दै अतिथीहरुले नेपाल फर्कँदै गरेका मगरले संस्थामा रहेर नेपाली कला र सँस्कृतिको जगेर्नाका लागी गरेको योगदानको बारेमा प्रशंसा गर्दै सफल यात्रा र उज्ज्वल भविश्यको कामना गरेका थिए ।

कार्यक्रममा मगरले नेपाल मगर संघ शाखा कतारले गरेको सम्मान तथा माया मोहलाई कहिल्यै नबिर्सने र आफू जहाँ रहे पनि आफ्नो तर्फबाट  संस्थालाई हुनसक्ने सहयोग सँधै गरिरहने प्रतिबद्धता गरे । आफू संसारको जुनसुकै स्थानमा रहे पनि मगर र मगर जातिको हकहित र अधिकारको लागि अगाडि बढिरहने बताउँदै उपस्थित सम्पूर्णलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment