Comments Add Comment

दुर्गाको ‘ऐना’ सार्वजनिक, कर्णप्रिय छन् गीतसंगीत

mirror-bimochan
गायिका दुर्गा परियारको दोस्रो गीति संग्रह ‘ऐना’ सार्वजनिक भएको छ । छायाँछवि क्रियशनको आयोजनामा सम्पन्न कार्यक्रममा पत्रकार शान्तिपि्रय, अभिनेत्री बसुन्धरा भुसाल, निर्देशक दिनेश डीसी, गीतकार राजेन्द्र थापा, संगीतकार सुरेश अधिकारी लगायतले गीतिसंग्रह ‘ऐना’ सार्वजनिक गरेका थिए ।

‘ऐना’को समीक्षा गर्दै संगीतकार सन्तोष श्रेष्ठले दुर्गामा एउटा पाश्र्व गायिकामा हुनुपर्ने सम्पूर्ण गुण भएको बताउँदै ‘ऐना’ उत्कृष्ट बन्न सफल भएको बताए ।

संगीतकार सुरेश अधिकारीले गायिका परियार सम्भावनाको खानी भएको दाबी गरे । उनको गायकीपन दिनानुदिन राम्रो बन्दै गएको बताउँदै उनले भने-‘खोजी प्रतिभाकी प्रतिभा गायिका दुर्गा परियार सफल पाश्र्व गायिकाको रुपमा स्थापित हुनेछिन् ।’

निर्देशक दीनेश डीसीलेे पोखरादेखि खोजी प्रतिभाको टोलीले छानेर ल्याएकी दुर्गा उत्कृष्ट बन्दै आज गायिका बन्दा आफूलाई गर्वको महसुस भएको बताएका थिए ।

संगीतकार टीका भण्डारीले रेडियो नेपालको लाइबेरीमा पछिल्लो गीति संग्रहका रुपमा ‘ऐना’ दर्ता भएको बताउँदै दुर्गाको गायकीको चर्चा गरेका थिए ।

पत्रकार शान्तिप्रियले दुर्गाको पाश्र्व गायन देखेर भविश्य राम्रो भएको बताएका थिए । उक्त कार्यक्रममा गायिका दुर्गा परियारका श्रीमान् मुन्ना बहादुर गुरुङको एउटा गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । ‘ऐना’ एल्बम भित्रको ऐना हेरेरै बोलको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

यस एल्बममा ६ वटा गीत समावेश गरिएको छ । ‘म त हजुर, छचल्कियो, ऐना हेरेरै, किन हुन्छ्यौ ठूली, छातिमाथि शिर, नाइँ नाइँ भन्दा भन्दै’जस्ता गीत छन् ।

रमेश बीजी, भुपेन्द्र खड्का, यमन सुवेदी, वसन्त सापकोटा, राजुबाबु श्रेष्ठ, राजेन्द्र थापाको शब्द रचना रहेको एल्बममा सुरेश अधिकारी, राजु सिंह, महेश खड्का, वसन्त सापकोटा, हरि लम्साल, आशिष अबिरलको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment